उदयपुर असार ७ गतेसम्म निषेधाज्ञा थप

गाइघाट। उदयपुरमा कोरोना संक्रमणका दर घटेपनि असार ७ गते सम्म निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा निषेधाज्ञा थप गरेको जिल्ला प्रशासन कार्यलय उदयपुरले जारी गरेको सूचनामा उल्लेख छ। निषेधाज्ञामा बिहानको ७ बजेदेखि दिनको १२ बजे सम्म पसलहरु खोल्न दिइने छ। उदयपुरमा हालसम्म ४७ जनाको कोरोना सं‌क्रमणबाट मृत्यु भएको छ।