काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षका लागि शिक्षा क्षेत्रलाई पनि जोड दिएको छ । आर्थिक वर्ष २०७९/८० को लागि शिक्षाको क्षेत्रमा सङ्घ, प्रदेश र पालिकातर्फ गरी झन्डै दुई खर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई ७० अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरिएकाे छ । शिक्षा क्षेत्रतर्फ प्रदेशमा पाँच अर्ब ३२ करोड रुपैयाँ र पालिकामा एक खर्ब २१ अर्ब एक करोड रुपैयाँ विनियोजन भएको छ ।
शिक्षामा पहुँच विस्तार गर्ने, तथ्य र विज्ञानमा आधारित शिक्षाको प्रवर्द्धन गरिने, प्रदेश र पालिकाकाे सहकार्यमा...