सम्पत्ति शुद्धीकरण मुद्दामा भारतीय कंग्रेस अध्यक्ष सोनिया गान्धी आज बुधबार तेस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित हुने भएकी छिन् । नेशनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा जाँदै छिन् ।निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेसले विरोध गरेको छ । सोधपुछपछि राहुल गान्धीको नेतृत्वमा कंग्रेस सांसदहरूले मंगलबार विरोध प्रदर्शन गरेका थिए । विपक्षी नेताहरूलाई निशाना बनाउने केन्द