प्रतिनिधिसभाले पारित गरेको मिटरब्याज विधेयकमा राष्ट्रियसभाको प्रश्न

काठमाडौँ – मिटरब्याज समस्या समाधानका लागि प्रतिनिधिसभाले फिर्ता गरेको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’माथि राष्ट्रियसभाले प्रश्न उठाएको छ। आफूले ‘अध्यादेशको प्रतिस्थापन विधेयक’का रुपमा पारित गरेर पठाएको विधेयकलाई प्रतिनिधिसभाले प्रकृति नै परिवर्तन गरेर सामान्य विधेयकको स्वरुप दिएर फिर्ता गरेपछि राष्ट्रियसभाले प्रश्न उठाएको हो। सरकारले वैशाख २० गते मुलुकी अपराध संहिता २०७४ का […]

सम्बन्धित सामग्री

मिटर ब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं । राष्ट्रियसभाको बिहीवार बसेको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि उक्त विधेयक ल्याइएको हो । अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदनेसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकोमा बिहीवार राष्ट्रियसभाले संशोधन स्वीकार गरी पारित गरेको हो । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयकमाथि छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव दर्ता गराएका थिए । बैठकमा सो विधेयकमाथि छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । अब विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ ।

मिटरब्याजीविरुद्धको विधेयक सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधिसभाले मिटरब्याजीविरुद्धको विधेयक सर्वसम्मत पारित गरेको छ । यो विधेयक पारित भएसँगै मिटरब्याज कानुनी प्रक्रियाभित्र आएको छ । मिटरब्याजपीडितले लामो समयदेखि काठमाडौं माइतीघरमण्डलामा ‘मिटरब्याजको पासो रोक्ने कानुन बनाउन निरन्तर आन्दोलन र सरकारलाई खबरदारी’ गर्दै आएका थिए । प्रतिनिधिसभा बैठकले आइतबार ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतिले पारित गरेको हो […] The post मिटरब्याजीविरुद्धको विधेयक सर्वसम्मत पारित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मिटरब्याज समस्या समाधानका लागि कानुनी आधार तयार

काठमाडौँ – आइतबार प्रतिनिधिसभाबाट ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित गरेसँगै मिटरब्याज समस्या समाधान गर्नका लागि कानुनी आधार तयार भएको छ। मिटरब्याज समस्याले तराई मधेस क्षेत्र आक्रान्त बन्दा पनि यसलाई कानुनी रुपमा परिभाषित गरी कानुनी दायरामा ल्याइएको थिएन। सरकारले वैशाख २० गते अध्यादेशमार्फत ल्याएको प्रावधानलाई आइतबार प्रतिनिधिसभाले सामान्य संशोधन गरेर पारित […]

मिटरब्याजविरुद्धको कानुन पारित गर्न माग गर्दै प्रदर्शन, तस्वीरहरू

काठमाडौं: मिटरब्याज विरुद्धको संघर्ष समिति, नेपालले मिटरब्याज विरुद्धको कानुन पारित गराउन राज्यलाई दवाब दिने उदेश्यसहित प्रदर्शन गरेको छ।आज माइतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्मको प्रदर्शनमा देशका १० भन्दा बढी जिल्लाका पीडितहरू काठमाडौं प्रदर्शनमा उत्रिएका हुन्।चैत्र १८ गते आन्दोलनरत पीडित पक्षसँग प्रधानमन्त्री दाहालले वार्ता गरि मिटरब्याजी विरुद्ध कानुन ल्याउने सहमति भए सँगै पीडित पक्ष र सरकारबीच गृहमन्त्रालयमा सहमति भएको थियो।सहमति भए सँगै पीडितहरू आ-आफ्नो जिल्ला फर्केका थिए। चालू अधिवेशनमा मिटर

मिटरब्याज विधेयक पेस गरिँदै

काठमाण्डौं, असार २२ । प्रतिनिधि सभाले मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि सरकारको सिफारिसमा जारी अध्यादेश प्रतिस्थापन विधेयक अघि बढाउने तयारी गरेको छ । संविधानले तोकेको समयभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि अध्यादेश निष्क्रियभइसकेको छ । अध्यादेश निष्क्रिय भएपछि सभाले विचाराधीन विधेयकलाई भने अघि बढाउने तयारी गरेको हो । बुधबार प्रतिपक्षी दलहरूको अवरोधका कारण अघि नबढेको उक्त विधेयकलाई […]

बानेश्वरमा मिटरब्याज पीडितको प्रदर्शन

मिटरब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् । विधेयक पारित गर्न माग गर्दै मिटरब्याज पीडितले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।