जलकुम्भी हटाउन शुरु

पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान शुरु गरिएको छ ।

सम्बन्धित सामग्री

जलकुम्भी हटाउन फेवातालको मुहान क्षेत्रमा १५ दिने अभियान

फेवातालको जलकुम्भी हटाउन तालको मुहान क्षेत्रमा १५ दिनसम्म दैनिक सरसफाई गरिने भएको छ। जलकुम्भीका कारण पोखराको फेवाताल कुरुप बनेपछि फेवातालको मुहानबाटै जलकुम्भी हटाउने अभियान शुरु गरिएको हो।

जलकुम्भी हटाउन फेवातालको मुहान क्षेत्रमा १५ दिने अभियान

फेवातालको जलकुम्भी हटाउन तालको मुहान क्षेत्रमा १५ दिनसम्म दैनिक सरसफाई गरिने भएको छ। जलकुम्भीका कारण पोखराको फेवाताल कुरुप बनेपछि फेवातालको मुहानबाटै जलकुम्भी हटाउने अभियान शुरु गरिएको हो।

फेवाबाट जलकुम्भी हटाउन अभियान

केही अध्ययनको निष्कर्ष छ: अतिक्रमण नरोकिने हो भने अबको सय वर्षमा फेवाताल रहँदैन । फेवाका शत्रु मानवीय र प्राकृतिक अतिक्रमण मात्र होइनन्, यसको सौन्दर्य बिगार्ने कारक बनेको छ जलकुम्भी झार ।

जलकुम्भी झारले कुरुप बन्दै फेवाताल, पर्यटन व्यवसायी झार हटाउन सक्रिय

कास्की : पोखराको फेवातालमा वर्षासँगै फैलिएको जलकुम्भी झारले ताल कुरुप बनेपछि पर्यटन व्यवसायी झार हटाउन सक्रिय बनेका छन्।प्रत्येक वर्षको वर्षात्को समयमा फेवातालको सिरान पश्चिमी भागबाट पूर्वीभागतर्फ फैलिँदै आउने जलकुम्भी झार हटाउन पोखराका विभिन्न संघसंस्था, सुरक्षाकर्मी र पर्यटन व्यवसायी सक्रिय हुने गरेका छन्।ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेशको संयोजनमा पोखराका पर्यटन व्यवसायी, सुरक्षाकर्मी, पर्यटनसम्बन्धी संघसंस्था र विद्यार्थीद्वारा आज बिहान फेवातालका फैलिएको १० ट्रक जलकुम्भी

फेवातालबाट जलकुम्भी निकालियो - NepaliPatra

कास्की । पोखराको फेवातालमा वर्षासँगै फैलिएको जलकुम्भी झारले ताल कुरुप बनेपछि पर्यटन व्यवसायी झार हटाउन सक्रिय बनेका छन् । प्रत्येक वर्षको वर्षात्को समयमा फेवातालको सिरान पश्चिमी भागबाट पूर्वीभागतर्फ फैलिँदै आउने जलकुम्भी झार हटाउन पोखराका विभिन्न सङ्घसंस्था, सुरक्षाकर्मी र पर्यटन व्यवसायी सक्रिय हुने गरेका छन् । ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल ९टान० गण्डकी प्रदेशको संयोजनमा पोखराका […]

तालमारासँग सेल्फी

संरक्षणकर्मीहरू ‘जलकुम्भी’ झारलाई ‘तालमारा’ भन्छन् । जसरी ‘वनमारा’ वनका रूखबिरुवाका लागि घातक हुन्छन्, छिटोछिटो फैलिएर ताल, पोखरी र खोनालानाला ढाक्ने जलकुम्भी पनि जल क्षेत्रका लागि समस्या बन्छ । पोखरेलीलाई बर्सेनि फेवातालमा बगेर आउने जलकुम्भी हटाउन ठूलो सकस छ ।

सवाकरोडको मेसिन बिग्रियो, फेवातालको जलकुम्भी हटाउन हातकै भर

पोखरा । वर्षा सकिने बेला फेवाताल जहिले पनि जलकुम्भीले ढाकिन्छ । हरेक वर्ष सामाजिकसंस्थादेखि एनजीओ/आईएनजीओले मिलेर जलकुम्भी हटाउँछन् ।  जलकुम्भीबाट छुट्कारा पाउन प्रविधिको माध्यमबाट ताल सफा गर्ने भनेर महानगरको तत्कालीन नेतृत्वले २०७४ माघमा क्यानडाबाट झार हटाउने मेसिन खरिद गर्‍यो । महानगरपालिकाको ७५ लाख र निर्वाचन क्षेत्र विकास कोषबाट तत्कालीन सांसद रविन्द्र...

फेवातालको जलकुम्भी हटाउन सुरु

पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो ।सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम भएको जानकारी महानगरपालिकाका प्रमुख आचार्यले दिए । लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ । बिहान तालको ड्यामसाइटबाट उत्तरतर्फको खहरेसम्म जलकुम्भी झार निकालिएको छ । तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने प्रमुख आचार्यको भनाइ छ । तालको बीचभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई जलकुम्भीले अवरोध गर्ने गरेको छ । सो अवसरमा महानगर प्रमुख आचार्यले फेवाताल नेपालीको मात्र नभइ विश्वकै पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण गर्ने दायित्य सबैको भएको बताए । फेवाताल सरसफाइमा पोखराका ३३ वटै वडाका सङ्घ संस्था, आमा समूह, क्लबलाई सहभागी हुन आग्रह गरिएको छ । आचार्यका अनुसार ३३ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विभिन्न समूह ताल सरसफाइमा परिचालित हुने छन् ।फेवातालको दायाँबायाँ नेपाल सरकारले ६५ मिटर मापदण्ड तोकेको भए पनि ती क्षेत्रमा संरचना निर्माण गर्ने कार्य अझै रोकिएको छैन । मापदण्डकै विषयलाई लिएर मुद्दा परेपछि सर्वोच्च अदालतले तत्कालका लागि महानगरपालिकालाई फेवातालको डिलबाट ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न आदेश दिएको थियो ।बाह्र हजार आठ सय ७४ रोपनी क्षेत्रफलको फेवातालमा नौ हजार नौ सय ५५ रोपनी भाग पानीले ढाकेको छ । तालको पश्चिमी भागबाट आउने हर्पन खोलाको बाढीले प्रत्येक वर्ष ताल पुर्ने कार्य रोक्नुपर्ने पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष अशोक पालिखेले बताए । कुनै समय फेवातालको पानी पिउन प्रयोग गरिन्थ्यो भने विगत केही वर्षयता यहाँको पानी दूषित भइरहेको भनाइ स्थानीयवासी तथा मानवअधिकारवादी नेता टेकनाथ बरालको छ ।“फेवाताल सबैको हो, यसलाई बचाइ राख्नुपर्छ, ताल लोप हुने अवस्थामा पुग्न हुदैन”, बरालले भने , ” ताल बचाउने चिन्ता सबैमा हुनुप¥यो, ताल वरपरका घरहोटलले पनि तालमा लगेर ढल मिसाउन हुदैन । पोखराका ताल सफाइ गर्न पाँच वर्ष अघि पोखरा महानगरपालिकाले एक करोड बढी मूल्य तिरेर छुट्टै मेसिन खरिद गरेपनि उक्त मेसिन एक वर्ष पुग्न नपाउँदै काम नलाग्ने अवस्थामा पुगेको छ ।

पोखरा महानगरपालिकाले थाल्यो फेवातालको सफाइ

पोखरा : पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ सुरु गरेको छ। महानगरको अगुवाइमा ३३ वटै वडा, विभिन्न संघसंस्थाले फेवा तालको जलकुम्भी हटाउन सुरु गरेका हुन्।भारी वर्षाले तालको सिरान क्षेत्रबाट जलकुम्भीलगायत झार तल्लो तटीय क्षेत्रमा ल्याइएकाले फेवाताल कुरुप बनेको थियो। महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले अहिले पर्यटकको चाप बढेको र नवौं राष्ट्रिय खेलकुद पनि पोखरामा भइरहेको सन्दर्भमा ताल सफाइ गर्न लागेको बताइन्। उनले यो अभियान निरन्तर रहने पनि दाबी गरिन्। फेवाताल ड्यामसाइडदेखि चंखपुरसम्म

यसरी सफा गरिँदैछ फेवाताल

२५ असोज, पोखरा । पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ मंगलबारदेखि सुरु गरेको छ । महानगरको अगुवाइमा ३३ वटै वडा, विभिन्न संघसंस्थाले फेवा तालको जलकुम्भी हटाउन सुरु गरेका हुन् । भारी वर्षाले तालको सिरान क्षेत्रबाट जलकुम्भीलगायत झार तल्लो तटीय क्षेत्रमा ल्याइएकाले फेवाताल कुरुप बनेको थियो । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले अहिले पर्यटकको चाप बढेको र नवौं राष्ट्रिय […]