संरक्षणकर्मीहरू ‘जलकुम्भी’ झारलाई ‘तालमारा’ भन्छन् । जसरी ‘वनमारा’ वनका रूखबिरुवाका लागि घातक हुन्छन्, छिटोछिटो फैलिएर ताल, पोखरी र खोनालानाला ढाक्ने जलकुम्भी पनि जल क्षेत्रका लागि समस्या बन्छ । पोखरेलीलाई बर्सेनि फेवातालमा बगेर आउने जलकुम्भी हटाउन ठूलो सकस छ ।