सङ्खुवासभा — पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको उच्च हिमाली भागमा बाक्लो हिमपात हुन थालेपछि जनजीवन कष्टकर बनेको छ ।
जिल्लाको उत्तरीक्षेत्रको भोटखोला गाउँपालिकाको किमाथांका र दक्षिणी क्षेत्रमा तिनजुरे–मिल्के–जलजले (टीएमजे) मा बाक्लो हिमपात भएपछि जनजीवन कष्टकर बनेको हो । गएको शुक्रवार बेलुकीदेखि किमाथांका क्षेत्रमा हिमपात पर्न थालेपछि जनजीवन कष्टकर बनेको किमाथांका प्रहरी चौकीका इन्चार्ज एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) टिकाराम राईले बताउनुभयो ।
बाक्लो हिउँका कारण किमाथांकाका गाउँबस्ती नै छोपि...