सर्लाहीको गोडैता नगरपालिकामा आगोबाट जलेर १ वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोडैता नगरपालिका–११ की ७५ वर्षीया देवकली साहदेवी रहेकी छन् ।
अत्यधिक जाडोका कारण बुधवार राति आफ्नै घरमा घुर बालेर ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी देवकलीको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।
जाडोबाट बच्न असावधानीकपूर्वक बाल्ने आगोका कारण सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धि भएको छ ।...