आगो ताप्दा जलेर वृद्धाको मृत्यु

पाल्पा : बगनासकाली गाउँपालिका-२ पोखराथोककी ७३ वर्षीया गौकुमारी श्रेष्ठको आगोले जलेर मृत्यु भएको छ। माघ १८ गते घरमा आगो ताप्ने क्रममा अचानक उनका दुवै खुट्टा र हात जलेको थियो।गौकुमारीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

आगो ताप्दा जलेर घाइते भएकी वृद्धाको मृत्यु

रूपन्देही । बर्दियामा आगो ताप्दा जलेर घाइते वृद्धाको बिहीबार मृत्यु भएको छ । बर्दिया राजापुर नगरपालिका ५ झप्टीकी ७५ वर्षीया सोहनी थारू आगो ताप्ने क्रममा बुधवार दिउसो जलेकी थिइन् । उनको बिहीबार बिहान मृत्यु भएको हो। उनको उपचारको क्रममा नेपालगन्जस्थित आरोग्य अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बुधवार दिउँसो करिब साढे ३ […]

सर्लाहीमा आगो ताप्दा जलेर एक वृद्धाको मृत्यु

जनकपुरधाम । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधवार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल […]

आगो ताप्दा जलेर धनकुटामा ८८ वर्षीया वृद्धाको मृत्यु

धनकुटा : धनकुटा नगरपालिका–९ बेलहारामा आइतबार बिहान जलेर ८८ वर्षीया वृद्धाको मृत्यु भएको छ। आगो ताप्ने क्रममा भक्तकुमारी बरालको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए। घरमा कोही नभएको समयमा आगो ताप्ने क्रममा वृद्धाको शरीरमा आगो सल्किएको प्रहरीले बताएको छ। परिवारले बिहान पौने ९ बजे भक्तकुमारीलाई मृत फेला पारेका थिए। शव धनकुटा जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ।यसैगरी धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ शिवालय टोलमा आगलागीबाट एक घरमा क्षति पुगेको