जाडो छल्न तापेको आगो शरीरमा सल्किदा वृद्धाको मृत्यु

सर्लाहीको जिल्लाको दक्षिण क्षेत्र गोडैतामा तापेको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका–११, निवासी देवकली देवीको आगोमा जलेर मृत्यु भएको हो । बुधबार साँझ आगो तापिरहेको अवस्थामा ७५ वर्षीया देवकलीको शरीरमा आगो सल्किएको थियो । आफ्नै घरमा  तापेकाे आगाे एक्कासी सल्किएको थियो । आगोले शरीरको अधिकांश भाग जलेर उनी गम्भीर घाइते भएकी थिईन् ।तत्काल उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याईएकी उनकाे उपचारको क्रममा गय राति साँढे ११ बजे मृत्यु भएकाे प्रहरीले जनाए

सम्बन्धित सामग्री

आगो ताप्ने क्रममा जलेर ८० वर्षीया वृद्धाको मृत्यु

निरन्तर चलिरहेको शीत लहरको जाडो छल्न आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक वृद्धाको मृत्यु भएको छ। विराटनगर