स्वार्थी राजनीतिक नेतृत्व र स्वास्थ्य अधिकारीहरू अनि भ्रष्ट अस्पताल प्रशासनको अदृश्य साँठगाँठमा चार वर्षदेखि चिकित्सक/स्वास्थ्यकर्मीको पदपूर्ति रोकिएको छ । परिणाम ! सामान्य उपकरण चलाउने दक्ष स्वास्थ्यकर्मी नभएर अस्पताल पुगेका बिरामीले समेत ज्यान गुमाउनु परेको छ ।