लगातार ३ खेल जित्दै नेपाल साफ यू–१५ महिला च्याम्पियनशिपकाे शीर्ष स्थानमा

काठमाण्डाै – लगातार तीन वटा खेल जित्दै नेपाल १५ वर्षमुनिको महिला साफ च्याम्पियनशिपको शीर्ष स्थानमा पुगेको छ । नेपाल नाै अङ्कसहित शीर्ष स्थानमा पुगेकाे हाे । आज बुधवार बङ्गलादेशको ढाकामा भएको खेलमा भुटानलाई एक–शून्य गोलले हराउँदै नेपालले शीर्ष स्थानमा रहेर फाइनल खेल्ने पक्का गरेको हो । आज नेपालको जितमा सेनु परियारले ४९ औँ मिनेटमा गोल गरिन् ।  नेपालले यसअघि भुटानलाई सात–शून्य र बङ्गलादेशलाई एक–शून्य गोलले हराएको थियो । भुटानले चार वटै खेल हारेको छ भने बङ्गलादेशको ६ अङ्क रहेको छ ।&n...

सम्बन्धित सामग्री

च्याम्पियन यु–१५ महिला टोली स्वदेश फिर्ता

बंगलादेशमा सम्पन्न साफ यु–१५ फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली महिला टोली शनिवार स्वेदश फर्किएको छ।  आयोजक बंगलादेशलाई अन्तिम खेलमा बराबरी रोकेर समूह तालिकाको शीर्ष स्थानमा रहेर नेपाल शुक्रवार च्याम्पियन भएको थियो।  च्याम्पियन...

साफ यू-१५ : उपाधिका लागि नेपाल-बंगलादेश भिड्दै

काठमाडौं : साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ। डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपाललले आज बंगलादेशसँग खेल्न लागेको हो। ढाकामा हुने खेल दिउँसो सवा चार बजे सुरु हुनेछ। नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो। किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ।नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ। तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन। नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बंगलादेश ३ खे

भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपाल शीर्ष स्थानमा उक्लेको छ । बुधबार भएको खेलमा भुटानलाई १–० गोल अन्तरले हराउँदै नेपालले शीर्ष स्थानमा उक्लेको हो ।ढाकामा नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । सेनुले खेलको ४९ औं मिनेटमा गोल गरेकी हुन् । भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । पहिलो भेटमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो ।जितसँगै नेपालले ३ खेलमा पराजित रहँदै ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । भुटान अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छ । बंगला

वर्षाको गोलमा बंगलादेशमामाथि नेपालको जित

साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकामा शनिबार भएको खेलमा घरेलु टोली बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन् । उनले खेलको ८७ औँ मिनेटमा गोल गरेकी थिइन् । जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा बिहीबार भुटानलाई ७-० गोल अन्तरले हराएको थियो । बंगलादेश २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेक