राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी निकट भूतपूर्व सैनिकहरुको संगठन भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भूतपूर्व सैनिकको संगठनको रुपमा अवकाश प्राप्त महासेनानी प्रकाश जङ्ग कार्कीको अध्यक्षतामा एक सय एक सदस्यीय कार्य समिति घोषणा गर्नुभएको हो ।