काठमाडौँ : बेलायत सरकारबाट अवकाश पाएका गोर्खा भूतपूर्व सैनिकमाथि भएको विभेद अन्त्यको माग सरकारले सम्बोधन नगरेको भन्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूतपूर्व गोर्खा सैनिक संगठनले आफ्ना माग सरकारले पूरा नगरेको भन्दै असार ३ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठन सिङ्गापुर गोर्खाज विभागका प्रमुख पलबहादुर घर्तीले असार ३ गते काठमाडौंको रत्नपा