काठमाडौं । ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले आफ्ना मागहरु सरकारले पूरा नगरेको भन्दै असार ३ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । ब्रिटिश–गोर्खा भुतपूर्व सैनिक संगठन सिंगापुर गोर्खाज विभागका प्रमुख पलबहादुर घर्तीले असार ३ गते काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटीकामा शान्तिपूर्ण आन्दोलन गर्ने बताउनुभयो […]