सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठको मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको छ ।
यसअघि गत शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै श्रेष्ठलाई अनिवार्य अवकाश दिइएको पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएका थिए ।
सिन्हाको इजलासमा सुनुवाइ भए पनि अन्तरिम आदेशका लागि आज दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । श्रेष्ठको एक वर्षे सेवा अवधि थप हुने वा नहुने सर्वोच्चले आज निकास ...