मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि सुनुवाइ प्रधानन्यायाधीश जबरा र न्यायाधीश ढुंगानाको इजलासमा

चुनावी कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै परेको रिटमाथि सर्वोच्च अदालतमा मंगलवार पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रकाश ढुंगानाको इजलासमा मंगलवार सुनुवाइ हुँदैछ ।  मन्त्रिपरिषद्विरुद्ध परेका रिटमाथि जेठ २५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश इश्वर खतिवडाको इजलासले मन्त्रिपरिषद् विस्तारको कारण माग्दै दुवै पक्षलाई छलफलका लागि असार ८ गते बोलाएको थियो । मंगलवार मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा अन्तरिम आदेशबारे छलफल हुने रिट निवेदक मध्येका बरिष्ठ अधिवक्ता दिनेश त्रि...

सम्बन्धित सामग्री

सर्वोच्चका एक न्यायाधीशको भागमा १६ सय ७६ मुद्दा

सर्वोच्चमा दुई न्यायाधीश पद रिक्त, प्रधानन्यायाधीश जबरा निलम्बनमा भएकाले १८ न्यायाधीश मात्रै कार्यरत  उच्च अदालतमा पाँच मुख्य न्यायाधीश र १९ न्यायाधीश तथा जिल्ला अदालतमा ४३ न्यायाधीशको पद रिक्त  जिल्ला र उच्चमा पनि...

महाभियोग प्रस्तावसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका छन् । संविधानको प्रावधान र नेपालको अभ्यासका आधारमा उनी स्वतः निलम्बनमा परेका हुन् ।  संविधानको धारा १०१ को उपधारा ६ मा भनिएको छ, ‘उपधारा २ बमोजिम महाभियोग कारबाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन ।’ संविधानविद् डा. भीमार्जुन आचार्यका...

महाअभियोग प्रस्तावपछि प्रधानन्यायाधीश जबरा स्वतः निलम्बित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेका छन् । महाअभियोग प्रस्ताव दर्तापछि संविधानतः प्रधानन्यायाधीश निलम्बनमा पर्छन् । संविधानविद् डा. भीमार्जुन आचार्यका अनुसार महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश जबराले उक्त पदमा रहेर कुनै पनि काम गर्न नपाइने बताए । संविधानको धारा १०१ को (६) (२) अनुसार महाअभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, […] The post महाअभियोग प्रस्तावपछि प्रधानन्यायाधीश जबरा स्वतः निलम्बित appeared first on राजधानी राष्ट्रिय दैनिक.

वैकल्पिक गेटबाट प्रवेश गरे सर्वोच्चका १९ न्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन भन्दै मूल गेटमा कानून व्यवसायीहरू धर्नामा बसेपछि न्यायाधीशहरूलाई वैकल्पिक गेटबाट भित्र प्रवेश गराइएको छ । प्रधानन्यायाधीश जबरा बाहेकका न्यायाधीश महान्यायाधिवक्ता कार्यालयतर्फको गेटबाट अदालत प्रवेश गरेका हुन् । बारको धर्नालाई लक्षित गरेर कारण सर्वोच्च अदालत परिसर रामशाह पथमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अन्य दिनमा न्यायाधीशहरू मूल गेटबाटै सर्वोच्च प्रवेश गर्ने गरेका थिए ।

प्रधानन्यायाधीश जबराले आफ्नो लागि इजलास तोकेपछि अरु न्यायाधीश असन्तुष्ट

काठमाण्डाै - सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसाेसिएशनको आग्रह विपरीत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज आफ्नो लागि इजलास तोक्नुभएको छ । तिहार बिदापछि अदालत खुलेको पहिलो दिन उहाँले आफूसहित न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोक्नुभएको हो । बन्दी प्रत्यक्षीकरणको मुद्दाको लागि उहाँले आफू र अरु न्यायाधीशका लागि इजलास तोक्नुभएको छ । तर न्यायाधीशहरुले जबरा इजलासमा बस्न नहुने र आफूहरुले पनि बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्ने सर्त राखेका थिए ।  प्रधानन्यायाधीश जबरा इजलासमा बसे आफूहरुले बन्दी प्र...

प्रधानन्यायाधीश जबरा न्यायाधीशहरुलाई फकाउँदै

काठमाडौं, १४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरुसँग औपचारिक अनौपचारिक छलफल बढाएका छन् । उनले सर्वोच्च अदालतको कामकारबाही सामान्य तरिकाले बढाउनेबारे छलफल बढाएका हुन् । आज प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु अनिलकुमार सिन्हा, मनोजकुमार शर्मा र सपना मल्लसँग छलफल गरे । प्रधानन्यायाधीश र इजलाश बहिष्कार गर्ने न्यायाधीशहरुको सेतुको भूमिकामा तीन न्यायाधीश जबरालाई भेट्न पुगेका थिए । […]

सेटिङ भत्काउँदै प्रधानन्यायाधीश जबरा

काठमाडौं, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयमा न्यायाधीश नियुक्तिमा हुँदै आएको सेटिङ भत्काउँदै लगेको खुलेको छ । राजनीतिक दलका प्रभावशाली नेताहरुको सिफारिशमा न्यायाधीश बन्ने परिपाठीलाई कमजोर बनाउन जबरा लागेको बुझिएको छ । दलीय भागवण्डाका आधारमा पैसाको चलखेल गरी न्यायाधीश बन्ने गलत परम्पराको अन्त गर्न खोज्दा उनी केही कानुन व्यवसायीहरुको प्रहारमा परेका छन् । […]

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा वाध्यकारी रुपमा रहनुपर्ला ?

काठमाडौं, ८ असोज । संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने विवाद टुंगो लगाउन सुनुवाई बढेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुकार शर्माको इजलासमा सुनुवाई बढेको हो । प्रधानन्यायधीशविनाको संवैधानिक इजलास गठन हुन सक्ने वा नसक्ने भन्ने बहस अदालतमा पुगेको हो । अधिवक्ता दिपकविक्रम मिश्र र डा. गणेश रेग्मीले छुट्टाछुट्टै रिट दायर भएकोमा इजलासमा पेसी […]