काठमाडौं, १३ माघ । सामसङले ‘एआई’ विशेषता भएको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक गरेको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडाले नयाँ ग्यालेक्सी एस २४ सिरिजको अनावरण गरेका हुन्। ग्यालेक्सी एस–२४ अल्ट्रा, ग्यालेक्सी एस–२४ प्लस र ग्यालेक्सी एस–२४ बेसको उनीहरूले सार्वजनिक गरेका हुन्। […]