राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ९:३० मा आफ्नो परिवारको विवरण टिपाएसँगै १२ औं राष्ट्रिय जनगणना सुरु हुने भएको छ । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित जनगणना मंसिर ९ मा सकिनेछ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना गर्न लागिएको हो ।