धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई दुई सय शैयामा वृद्धि गर्न ओएनएम स्वीकृत गर्ने तयारी गरेको हो । २०३९ सालमा ५० शैयाको स्वीकृत पाई अञ्चल अस्पतालको मान्यता पाएको अस्पताल अहिले पनि सोही दरबन्दी र शैयामा सञ्चालन भइरहेको छ । अस्पताल व्यवस्थापन समितिले आफ्नै स्रोतमा […]
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कान्ति बाल अस्पतालमा स्वास्थ्यकर्मीहरुको दरबन्दी नपुगेको भन्ने गुनासोलाई सरकारले छिटो समाधान गर्ने बताएका छन्। उनले अस्पताललाई ५ सय बेड बनाउन स्वीकृतिको लागि अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसकेको जानकारी दिए। उनले अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी र नर्सिङ र म्यानपावर पूरा गर्ने प्रतिवद्धता समेत जनाए।
वार्षिक ५३ हजार बढी बिरामीलाई सेवा दिदै आएको कपिलवस्तु अस्पताललाई सय बेडको बनाउनुपर्ने माग गरिएको छ। लुम्बिनी प्रदेश मै उत्कृष्ठ र नेपाल मै चौथो स्थान हासिल गरेका अस्पतालको सेवा सुविधा बिस्तार गर्नुपर्ने माग गरिएको हो।...
लामो समयदेखि १ सय २५ शैयामा सेवा दिँंदै आएको सेती प्रादेशिक अस्पताललाई तीन सय शैयामा विस्तार गर्ने नीतिगत निर्णय भएको छ ।सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सो अस्पताललाई दुई सय शैयामा प्रदेशको स्रोतबाट र थप एक सय शैया संघीय सरकारको स्रोतबाट विस्तार गर्ने निर्णय गरेको हो । दुई सय शैयाको अस्पतालमात्रै सञ्चालन गर्नसक्ने प्रदेशको […]
२४ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पताललाई दुई सय शय्यामा स्तरोन्नती गर्ने निर्णय गरेको हो । ‘आज बसेको क्याबिनेटको बैठकले सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा सञ्चालन गर्ने र तीन शय्यामा स्तरोन्नति […]
सरकारले २२ वटा अस्पताललाई एक सय ३३ सेट नयाँ हेमोडायलाइसिस मेसिन वितरण गरेको छ । मिर्गौलाका बिरामीले डायलासिस गराउन लामो लाइन बस्नुपर्ने भएपछि ती अस्पताललाई नयाँ डायलाइसिस मेसिन वितरण गरेको...
काठमाडौं : सरकारले वीर अस्पताललाई पाँच सय बेडको कोरोना उपचार अस्पताल बनाउने भएको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रबार ‘छैटाैं राष्ट्रिय पत्रकारिता दिवस २०७८’ लाई सम्बोधन गर्दै सरकारले अस्पताललाई कोभिड उपचार गर्ने अस्पताल बनाउने निर्णय गरेको बताए। ‘वीर अस्पताललाई पाँच सय बेडको हस्पिटल सञ्चालन गर्ने सुरुवात भएको छ,’ उनले भने, ‘आर्मी अस्पतालमा पनि कोभिड उपचार सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ, काठमाडौं महानगरपालिकाले पनि कोभिड अस
काठमाडौं : सरकारले ५० शैय्या भन्दा माथिका सबै खालका अस्पताललाई अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसहित आपतकालिन कार्य सञ्चालन केन्द्रको आइतबारको बैठकले सबै अस्पताललाई अक्सिजन सिलिन्डर खरिद गरेर राख्न निर्देशन दिने निर्णय गरेकाे हाे।मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार बैठकले ५० शैय्या सम्मका अस्पताललाई २० वटा, एक सय शैय्या सम्मका अस्पताललाई ३५ वटा, दुई सय शैय्या सम्मका अस