काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कोभिड महामारीलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। अक्सिन नपाएर अस्पताल बाहिर छट्पटाइरहेको बताउँदै सरकारको ध्यान अयोध्यातिर गएकोमा असन्तुष्टि दिए। उनले भने, ‘सरकारको ध्यान कोरोना नियन्त्रणमा छैन, चितवनमा अयोध्या बनाउने तिर छ। यसरी कोरोना नियन्त्रण यसरी हुन्छ र?’