आइपिएल सुरु हुनुअघि धोनीले त्यागे कप्तानी, गायकवाड चेन्नईको नयाँ कप्तान

काठमाडाैँ –  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४० सुरु हुनु एक दिनअघि चेन्नई सुपर किंग्सले कप्तान परिवर्तनको घोषणा गरेको छ। टोलीलाई ५ पटक च्याम्पियन बनाएका महेन्द्र सिंह धोनीले कप्तानी त्यागेसँगै उनको स्थानमा २७ वर्षीय युवा ब्याट्सम्यान ऋतुराज गायकवाड नयाँ कप्तान बनेका छन्। उनी चेन्नईको कप्तानी समाल्ने चौंथो कप्तान बने। यसअघि एमएस धोनी, सुरेश रैना र रविन्द्र […]

सम्बन्धित सामग्री

चेन्नईको कप्तानमा धोनी पुनः नियुक्त

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको साविक विजेता टोली चेन्नई सुपर किङ्ग्सकाे कप्तानमा महेन्द्र सिंह धोनी पुनः नियुक्त भएका छन् । चेन्नईका कप्तान रहेका रविन्द्र जडेजाले धोनीलाई कप्तानी सुम्पिएको क्रिकइन्फोले जनाएको छ । चेन्नईले यसै सिजन जडेजालाई कप्तान नियुक्त गरेको थियो । जडेजाको कप्तानीमा चेन्नईले आईपीएलका ८ खेलमा मात्र २ जित निकालेको छ। चेन्नई ४ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

धोनी चेन्नईको कप्तानीमा फर्किए

एजेन्सी – सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नईको कप्तानीमा फर्किने भएका छन् । धोनीले यसै सिजनदेखि चेन्नईको कप्तानी रविन्द्र जडेडालाई हस्तान्तरण गरेका थिए । तर चेन्नईले जडेजाको कप्तानीमा खराब नतिजा बेहोरेपछि धोनी नै फर्किने भएका हुन् । जडेजाले कप्तानी छोड्दै पुन धोनीलाई नै दिएका हुन् । जडेजाले आफ्नो खेलमा ध्यान […]

धोनी पुनः चेन्नईको कप्तान

महेन्द्रसिंह धोनी चेन्नई सुपर किङ्सको कप्तानमा पुनः चयन भएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम चेन्नइले धोनीलाई कप्तानको जिम्मेवारी दिएको हो । सिजनको सुरुवातमा नै धोनीले कप्तानको जिम्मेवारी रवीन्द्र जडेजालाई सुम्पेका थिए । यो सिजन चेन्नईले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन् ।साविकको विजेता चेन्नई यो सिजन प्लेअफमा नै नपुगेर बाहिरिने सम्भावना बढेको छ । चेन्नईले जडेजाको कप्तानीमा ८ खेल खेलेर ४ अंक जोडेको छ ।

धोनीको अर्धशतकमा चेन्नईको मध्यम योगफल

एजेन्सी – पूर्व कप्तान महेन्द्रसिंह धोनीको परिपक्क अर्धशतकको सहयोगमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उद्धघाटन कोलकाता नाइट राइडर्सलाई १ सय ३२ रनको मध्यम लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३१ रन बनायो । चेन्नईका पूर्व कप्तान महेन्द्रसिंह […]

धोनीद्धारा चेन्नईको कप्तानी जडेजालाई हस्तान्तरण

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्सका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले कप्तानी जिम्मेवारी अलराउनडर रविन्द्र जडेजालाई हस्तान्तरण गरेका छन् । योसँगै जडेजा चेन्नईको तेस्रो कप्तान बनेका छन् । धोनीले २००८ देखिनै चेन्नईको कप्तानी गर्दै आएका थिए । करिअरको अन्तिम समयमा आएका धोनीले यस सिजनदेखि जडेजालाई कप्तानी हस्तान्तरण गरेका हुन् । […]

धोनीले चेन्नई सुपर किङ्ग्सको कप्तानी छोडे, को होलान् त नयाँ कप्तान ?

इन्डियन प्रिमियर लिग अर्थात् आइपीएलको नयाँ सिजन सुरु हुनु दुई दिन अघि महेन्द्र सिंह धोनीले चेन्नई सुपर किङ्ग्सको कप्तानी छोडिदिएका छन् । उनको साटो रबिन्द्र जडेजा चेन्नई सुपर किङ्ग्स (सीएसके) का नयाँ कप्तान हुनेछन् ।रबिन्द्र जडेजा सन् २०१२ देखि चेन्नई टिमका सदस्य हुन् । चेन्नई सुपर किङ्ग्सको तर्फबाट जारी बयानमा महेन्द्र सिंह धोनी यो सिजन र पछि पनि चेन्नईको टिमको हिस्सा बनिरहने बताएका छन् ।महेन्द्र सिंह धोनीलाई सन् २००८ मा सीएसकेको कप्तान बनाइएको थियो । उनको कप्तानीमा चेन्नई सुपर किङ्ग्सले आ

आईपीएल : चेन्नईको जीतपछि रोए प्रशंसक (भिडियो)

इन्डियन प्रिमियर लीग २०२१ को पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई हराएर फाइनलमा स्थान बनाएको छ ।  म्याचमा चेन्नईको स्थिति कमजोर भएको बेलामा कप्तान महेन्द्र सिंह धोनीले अन्तिममा विस्फोटक ब्याटिङ गरेर टीमलाई जीत दिलाए । यससँगै चेन्नईको टीम आईपीएलमा नवौंपटक फाइनल पुगेको हो ।  दिल्लीले पहिलो ब्याटिङ गर्दै १७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । चेन्नईका लागि धोनीले ६ बलमा १८ रन बनाएर दिल्लीलाई चार विकेटले हराउनका लागि योगदान गरे ।  धोनीले यसरी फिनिशरको भूमिका निर्वाह गरेको दे...

आईपीएल : बैंगलोरका कप्तान कोहलीलाई कारवाही

काठमाडौं। रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई कारबाही गरिएको छ। चेन्नईको एमए चिदम्बरम रंगशालमा सनराइजर्स हैदरावादविरुद्धको खेलमा खेल भावनाविपरीत काम गरेकाले कोहलीलाई कारवाही गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल)ले जनाएको छ। कप्तान कोहलीलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ। कोहली आउट भएपछि पेभिलियन फर्किने क्रममा आफ्नो ब्याट कुर्सीमा जोरले बजारेका थिए। उक्त खेलमा बैंगलोर ६ रनले विजयी भएको थियो।