काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पक्षमा गएका केन्द्रीय सदस्य एवम् सांसदलाई एमालेमा फर्कन आह्वान गर्नुभएको छ । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज बिहीवार आयोजना गरेको कार्यक्रममा उहाँले नेता नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा नाम लेखाएकालाई नाम काटेर एमालेको मूल प्रवाहमै फर्कन आह्वान गर्नुभएको हो । उहाँले भन्नुभयो, यो देश बनाउने जिम्मा अहिले पनि एमालेकै काँधमा छ, त्यसैले पदको लोभमा त्यता बस्नुपर्दैन, माधव नेपालसँग नाम लेखेर निर्वाचन आयोगमा नाम द...