मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद्मा प्रस्तुत

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद्मा प्रस्तुत गरेसँगै प्रदेशसभाको बैठक आगामी कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ । आइतबार साँझ बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव सदनमा प्रस्तुत गरेकी  हुन् ।उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार तथा बागमती प्रदेशसभा नियमावलीको धारा १४३ को १ अनुसार विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद्मा पेश गरेकी हुन् । मुख्यमन्त्रीले प्

सम्बन्धित सामग्री

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई प्रदेश सभा सदस्यका ६० मध्ये ३१ जना सांसदहरूले विश्वासको मत प्रदान गरेका छन्।उनलाई अधिकारीलाई एमालेका २१, नेकपा माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई गरी ३१ जना सांसदहरूले विश्वासको मत दिएका हुन्। शुक्रबार मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्मा प्रस्ताव पेस गरेका थिए। उनको प्रस्तावमा छलफल सकेपछि मतदान भएको थियो।मतदानमा ५८ जना सांसदहरू सहभागी भएका थिए। एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका पर्वतका मित्रलाल बस्

प्रदेश १ मा सरकार परिवर्तनको सम्भावना : आइतवार विश्वासको मत लिँदै मुख्यमन्त्री

विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमाथि आइतवार मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । आचार्य मुख्यमन्त्री बनेदेखि नै अल्पमतमा छन् । एमाले विभाजन भएपछि उनले बहुमत जुटाउन नसक्ने अड्कल गरिँदै आएको छ । पहिले माधव नेपाल पक्षधर उनी मुख्यमन्त्री पद पाएपछि ओली पक्षमा लागेका थिए । शुक्रवारको सदनमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने विषयमा राजनीतिक कुरा भने गरेनन् । संसद्लाई सम्बोधन गर्दै आचार्यले बाढीपहिरोका कारण भएको धनजनको क्षतिबारे सदनलाई जानकारी दिएका थिए । गत असोज २५ गते संवैधानिक प्रावधान अनसार आचार्यले विश्वासको मत चाहिएको प्रस्ताव संसद् सचिवालयमा पठाएका थिए । भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने थियो । तर, संवैधानिक प्रावधानको आफू अनुकूल व्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको प्रतिपक्षी दलहरूको आरोप छ । प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद छन् । एकजना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । यो संख्या सरकार टिकाउन पुग्दो संख्या होइन । संसद्मा स्पष्ट बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । प्रतिपक्षी गठबन्धन भने ५० मत संख्या साथमा लिएर नयाँ सरकार बनाउने तयारीमा बसेको छ । विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक गरी ५० सांसद छन् । केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ र बागमतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ, जसअनुसार प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने तय भएको छ ।

प्रदेश एक : विश्वासको मत लिन संसद्‌मा प्रस्ताव पेश

प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले विश्वासको मत लिनका लागि संसद्मा प्रस्ताव पेश गरेका छन् ।

मुख्यमन्त्री शाक्यले कात्तिक १० गते विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यही कात्तिक १० गते विश्वासको मत लिने भएकी छिन् । प्रदेशसभाको बिहीवार अपराह्न बसेको बैठकले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यका लागि यही कात्तिक १० गते बुधवार अपराह्न बस्ने बैठकमा मतदान हुने निर्णय गरेको बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उल्लेख गरे । बिहीवार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलो शुरू भएकाले बिहीवार नै मतदान गर्ने कार्यलाई सम्भव नभएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । यसैगरी मुख्यमन्त्री शाक्यले उक्त बैठकमा विश्वासको मत लिने कार्यका लागि संसद्मा रहेका सबै दलसँग आग्रह गर्दै दलगत स्वार्थभन्दा माथि उठेर संविधान र प्रजातन्त्रको रक्षाका लागि एकजुट हुने धारणा व्यक्त गरेकी छिन् । रासस

मुख्यमन्त्री शाक्यद्वारा आफ्नो पक्षमा मत दिन आग्रह

वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १८८ को उपधार २ बमोजिम विश्वासको मत लिने कार्यसम्बन्धी विषयमा लिखित वक्तव्य प्रस्तुत गर्दै संसद्मा रहेका सबै दललाई आफ्नो पक्षमा मतदान गरिदिन आग्रह गर्नुभएको छ । उहाँले नेकपा एमालेको बहुमतको सरकारले विगत समयमा प्रदेशका विभिन्न जिल्लामा राष्ट्रिय गौरवको आयोजनाको निर्माणका साथै कोभिड–१९ …

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

काठमाडौं, ७ भदौ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन् । आज (सोमबार) संसद्मा विश्वासको मत मागेका मुख्यमन्त्री केसीले विश्वासको मत पाएका हुन् । ४२ जना सांसदले मुख्यमन्त्री केसीलाई विश्वासको मत दिएका थिए ।

एमालेको घर झगडा संसद्मा पुगेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन्। शुक्रवार सत्ता साझेदार एमालेकै ओली पक्षीय सांसदले मुख्यमन्त्रीमाथि अविश्वास रहेको जानकारी सदनलाई गराएका थिए। तर एमालेकै माधव पक्षीय सांसदले भने मुख्यमन्त्रीलाई विश्वासै रहेको बताए पनि प्रमुख प्रतिपक्षी दलले समेत मुख्यमन्त्रीले यसमा पुनर्विचार गर्नुपर्ने माग गरेको थियो। सोही विवादपछि…

कांग्रेससँग भागबन्डा नमिलेपछि कर्णालीका ३ मन्त्रीको नियुक्ति स्थगित

२ जेठ, सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्मा नेपाली काँग्रेसले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि ३ मन्त्रीको नियुक्ति प्रक्रिया स्थगित भएको छ । वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसद्मा विश्वासको मत दिएको कांग्रेसले दुई मन्त्रालयमा दाबी नछाडेपछि नवनियुक्त तीन मन्त्रीको नियुक्ति प्रक्रिया स्थगित भएको हो । मुख्यमन्त्री शाहीको सिफारिसमा शुक्रबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीविनै मन्त्रिपरिषद्को […]

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विहीबार संसद्मा विश्वासको मत लिने भएका छन्। प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले दिएको जानकारीअनुसार विहीबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नेछन्। संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका राउतले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ।