नेपाली सेनाले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण गर्न भारतबाट विस्फोटक पदार्थ खरिद गर्न निर्माण कम्पनीलाई सहमति दिएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव शर्माले नागढुङ्गा सुरुङ मार्ग निर्माणमा प्रयोग गरिने विस्फोटक पदार्थ भारतबाट खरिद गर्न निर्माण कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिनुुभयो ।