सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान

नेपाल सरकारले सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आइतबार बोलपत्र आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान गरेको हो । एउटा दोहोरो लेनको हाइवे टनेल, रक शेड संरचना, रक फल मिटिगेशन र सुरुङमार्ग निर्माणका लागि मन्त्रालयले ग्लोबल टेन्डर आह्वान गरेको हो …