काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन जाँदा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य लिएर नजिकको स्वास्थ्य संस्था जान आग्रह गरेको छ । त्यस्तै अनिवार्य नाक, मुख छोपिने गरी मास्क लगाउन, स्यानिटाइजर साथमै बोक्न, खोप लगाउने बेला पनि मास्क लगाइरहने कुरामा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।साथै खोप लगाउन जाँदा छोटो बाहुला भएको अनि खुकुलो कपडा लगाएर जान र खोप लगाउ...