संसदीय छानबिन विशेष समितिमा हेरफेर

काठमाडाैं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानबिन विशेष समितिका सदस्य हेरफेर गरिएको छ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो संसदीय छानबिन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गरेकाे प्रस्तावमा सहमति जुटेको हो।जस अनुसार सो समितिमा अब नेपाली कांग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनेछन्।नेपाली कांग्रेसकी सांसद भुसालले बिहीबार प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी