बजेट प्रकरण : संसदीय छानबिन विशेष समितिमा हेरफेर

काठमाण्डाै – तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्य–तथ्य पत्ता लगाउन गठन गरिएकाे संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर गरिएको छ ।  प्रतिनिधि सभाको आज बिहीवारकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गर्नुभएको प्रस्तावमा सहमति जुटेको हो । अब समितिमा नेपाली कांग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनु हुनेछ ।  कांग्रेस सांसद भुसालले बिहीवार (आजै) प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवार...