काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री पदको शपथ लिनुभन्दा पहिले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग पटक पटक वार्ता गरे । सरकारमा सहभागी गराउनका लागि उनले ती दुवै दलसँग वार्ता गरेका थिए ।सरकारमा जान दुवै पार्टी तयार थिए । तर तत्कालीन राजपामा ६ जना अध्यक्ष भएका कारण मन्त्री चयनमा आन्तरिक विवाद र हानथाप बढ्ने हुँदा ऊ सरकारमा सहभागी हुन सकेन । उता तत्कालीन संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने दुईबुँदे सम्झौता गरे