दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच हुने भनिएको वार्ता एक ऐतिहासिक उपलब्धि भएको प्रतिक्रिया दिएका छन्। उनले भने– ‘यो एक वास्तविक उपलब्धि हो र यसबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि ठूलो सघाउ पुग्नेछ।’