देशभर रगत अभाव भइरहेका बेला राजधानीमा लायन्स क्लबले रक्तदान गरेको छ । लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहरा तथा नयाँबजारको संयुक्त आयोजनामा शनिबार काठमाण्डौंको सोह्रखुट्टेमा रक्तदान गरेका हुन् ।४३ पिन्ट रगत संकलन गरिएको आयोजक लायन्स क्लब हेरिटेज धरहराका अध्यक्ष शक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार संकलन गरिएको रगत कान्तिपुर अस्पताल र वीर अस्पतालमा दिइएको छ । लायन्स क्लव नयाँबजारका अध्यक्ष गणेश जीसीले रगतको अभावबाट कोही पनि व्यक्तिले मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजन