RajdhaniDaily.com | काठमाडौं । बाल संगठनले बालमन्दिर चलाउन छुट्ट्याएको २८ रोपनी ५ आना जग्गा हडप्न मुलुककै ठूलोमध्येको व्यापारिक घराना ‘विशाल ग्रुप’ योजनाबद्ध रूपमा लागिपरेको -
नेपाल बालमन्दिरको जग्गा प्रकरणमा विशाल ग्रुपसमेत मुछिएको छ । नक्सालस्थित बालमन्दिरको जग्गा कौडीको मूल्यमा भाडामा लिएको विषयमा व्यापारिक घराना विशाल ग्रुप विवादमा परेको थियो ।
काठमाडौं । भियतनामी इलेक्ट्रीक कार कम्पनी भिनफास्टको नेपालका लागि आधिकारिक बिक्रेतामा विशाल ग्रुप नियुक्त भएको हो । नेपालमा भिनफास्टको डिलर हात पार्न तीव्र दौडधूपमा रहेका विभिन्न व्यावसायिक घरानालाई पछि पार्दै विशाल ग्रुपले डिलरशिप हात पारेको हो । यद्यपि, डिलरशिप पाएको बारे ग्रुपले हालसम्म आधिकारीक घोषणा भने गरेको छैन । तर, विशाल ग्रुप नै भिनफास्टको नेपालका […]
काठमाडौं । विशाल ग्रुप लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कात्तिक १६ गतेदेखि २० गतेसम्म आवेदन पेस गर्न सकिने गरी नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर विक्रीमा आएको हो ।
यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीलगायत अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन पेस गर्न सक्नेछन् । यो शेयरको मूल्य प्रतिकित्ता २७७ रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम २ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।
यी शेयर प्राप्त गर्ने लगानीकर्ताहरूले कम्पनीद्वारा कात्तिक १६ गतेपछि प्रस्ताव गरिने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।
नेपालमा राज्य र आमजनतालाई धोका दिने व्यापारिक समूह विशाल ग्रुप मात्र कदापि होइन। यहाँका ठूला भनिने धेरैजसो व्यापारिक घरानाका अधिकांश सामान गुणस्तरीय छैनन्। उनीहरूको नियतै ठगी गर्ने छ।