काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको १५ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विक्रीमा ल्याएको उक्त शेयर विद्यमान संस्थापकहरूले खरीद गर्न सक्नेछन् ।
कम्पनीको उक्त शेयरमा न्यूनतम २ लाख कित्ता र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकिएको छ । खरीदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।
सो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आफूले खरीद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत खुलाई विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, थापाथली, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्