पुनर्बीमा कम्पनीको ५ लाख कित्ता संस्थापक शेयर विक्री गर्दै विशाल ग्रुप

काठमाडौं । विशाल ग्रुप लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कात्तिक १६ गतेदेखि २० गतेसम्म आवेदन पेस गर्न सकिने गरी नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर विक्रीमा आएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीलगायत अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन पेस गर्न सक्नेछन् । यो शेयरको मूल्य प्रतिकित्ता २७७ रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम २ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।   यी शेयर प्राप्त गर्ने लगानीकर्ताहरूले कम्पनीद्वारा कात्तिक १६ गतेपछि प्रस्ताव गरिने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।

सम्बन्धित सामग्री

विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर विक्रीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको १५ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विक्रीमा ल्याएको उक्त शेयर विद्यमान संस्थापकहरूले खरीद गर्न सक्नेछन् । कम्पनीको उक्त शेयरमा न्यूनतम २ लाख कित्ता र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकिएको छ । खरीदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । सो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आफूले खरीद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत खुलाई विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, थापाथली, काठमाडौंमा आवेदन दिनुपर्नेछ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्