काठमाण्डाै – आज (साेमवार) देखि पश्चिम तराईमा पनि माैसम बदली सुरु भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
देशका अरू क्षेत्रमा पानी पर्दा मध्य र पश्चिम तराईमा लामो समयदेखि खडेरी र तातो हावा (लू) चलिरहेको छ । तर आज बेलुकादेखि भने पश्चिम तराईमा पनि बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् डा. विनोद पोखरेलले बताउनुभयो ।
दिउँसो दाङ, बाँके र बर्दियाका केही ठाउँमा पानी परेको छ । बेलुका रुपन्देही, कपिलवस्...