काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईसँ निर्णायक खेल खेलिरहँदा काठमाण्डौको मौसम बदली भएको छ । बिहान केहीबेर घाम लागे पनि अहिले बादल लागेको छ । मौसम बदली भएसँगै पानी पर्ने हो कि भन्ने खेल समर्थकहरूलाई चिन्ता छ ।
स्थानीय वायुको प्रभावका कारण बादल लागेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार बादल लागे पनि तत्कालका लागि पानी पर्ने सम्भावना कम छ । स्थानीय वायुको प्रभाव शक्तिशाली बने बेलुकी पख भने हल्का पानी पर्न सक्ने उहाँले बता...