काठमाडौं : प्रहरीले बलात्कार मुद्दाका फरार अभियुक्त ललितपुर महानगरपालिका–१८ का राजु थापालाई २१ वर्षपछि पक्राउ गरेको छ।जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनले विसं २०५७ असार २३ मा अभियुक्त थापालाई ३ वर्ष कैदको फैसला गरेको थियो। फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले ललितपुरको झम्सीखेलबाट आज (शुक्रबार) पक्राउ गरेको हो।अदालतले ८ वर्षीया बालिकालाई करणी गरेको ठहर गरेको थियो। त्यसवेला २० वर्षका थापाले विसं २०५५ जेठ १२ गते घरमा कोही न