अरनिको यातायातको नाममा कम्पनी दर्ता

सरकारले कम्पनीमा जानुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि हाल समितिको माध्यमबाट यातायात चलाइरहेकाहरु कम्पनी दर्ता गरिरहेका छन्। सरकारको नीतिको विरुद्धमा आन्दोलन घोषणा गरिरहेकाहरु गुपचुपबाटै कम्पनी दर्ता गरिरहेको पाइएको छ। देशको सवैभन्दा ठुलो समिति मध्येको अरनिको यातायातको नाममा कम्पनीमा दर्ता भएको छ। अरनिको यातायात प्राली गत १३ गते दर्ता भएको हो। यसको दर्ता नम्बर १८८३१३ रहेको छ। तर…

सम्बन्धित सामग्री

व्यापार छाडेर १ करोड लगानीमा किवीखेती

सिन्धुपाल्चोक । भूकम्प र भोटेकोशी बाढीले तातोपानी नाका ठप्प भएपछि नाका सम्बद्ध व्यापारीहरू अन्य पेशामा लागेका छन् । वर्षौंदेखि गर्दै आएको व्यवसाय संकट पर्न थालेपछि उनीहरूले आयआर्जनको वैकल्पिक पेशा अँगालेका हुन् । यस्तै एउटा उदाहरण हुन्– भोटेकोशी गाउँपालिका–१ लिस्तीका अर्जुनबहादुर सापकोटा । २०७२ को भूकम्प अघिसम्म सापकोटा तातोपानी नाकामा खासा व्यापार गरेर वार्षिक २० लाख कमाउँथे । नेपाल यातायात स्वतन्त्र मजदूर संगठन अरनिको रूटको अध्यक्षसमेत रहेका सापकोटा नेपाल ट्रक कन्टेनर संघमा आबद्ध ९६६ ओटा ट्रकमा काम गर्ने चालक, सहचालक र मजदूरको नेता पनि भए । २०५७ देखि २०७२ सालसम्म उनले खासाको व्यापार गरे । समयले कोल्टे फे¥यो । भूकम्प र भोटेकोशी बाढीले नाकादेखि बाह्रबिसेसम्म क्षति पुर्‍यायो । कोदारी सडकको अवस्था अहिले पनि उस्तै छ । तातोपानी नाका पटक पटक बन्द हुने समस्या देखिएपछि उनले विकल्पको रूपमा कृषि पेशा अपनाएका छन् । १ करोड ५ लाख लगानी गरेर सापकोटाले ३७ सय किवीका बिरुवा लगााएका छन् । गतवर्ष किवीबाट पाँच लाख आम्दानी भएको उनले सुनाए । ‘भर्खर फल्न शुरू भयो,’ उनले भने, ‘केही वर्षभित्र किवीबाट वार्षिक २५ लाख आम्दानी हुन्छ ।’ लिस्तीको सेमुङ र चतलीमा ३३० रोपनी जमीन भाडामा लिएर सापकोटाले किवीसँगै आलु तथा लसुनखेती र बाख्रापालन गरिरहेका छन् । उनले उन्नत जातका १०० बाख्रा पालेका छन् । ग्लोरियस एग्रो प्रालि नामक कम्पनी दर्ता गरेर सापकोटा कृषिकर्ममा जुटेका छन् । सापकोटाको किवीखेतीमा १० जनाले नियमित रोजगार पाएका छन् । आफूमात्रै होइन, उनले गाउँका १०० घरपरिवारलाई पनि आधुनिक कृषि प्रणालीमा जोडेका छन् । अहिले गाउँका १०० घर मिलेर ५०० रोपनी जमीनमा सामूहिक आलुखेती र १०० रोपनीमा लसुनखेती गरिएको छ । यस वर्ष सामूहिक खेतीमा ५० लाखको आलु र १० लाखको लसुन उत्पादन भएको छ । २३ सय ४० मिटर उचाइमा रहेको लेकाली जमीन छेउमा पानी भए पनि सरकारका कुनै निकायले सहयोग नगर्दा सिँचाइ सुविधा नपुगेको उनको गुनासो छ । ‘हामीजस्ता कृषि पेशामा लाग्नेहरूलाई काम गर्ने वातावरण अझै बन्न सकेको छैन,’ सापकोटा भन्छन्, ‘जिल्ला र गाउँपालिकामा रहेका कृषि कार्यालयले वास्तविक किसानलाई सहयोग गरेका छैनन् ।’ भैरवकुण्डमुनि रहेको सेमुङ र चतलीमा १ हजार रोपनी जमीन बाँझै छ । स्थानीय सरकारले आधुनिक कृषि पेशामा लाग्ने किसानलाई सहयोग गर्न नसकेको सापकोटाले बताए । गाउँपालिका र कृषि कार्यालयहरूले सहयोग गरे लिस्तीलाई किवी, आलु र स्याउको पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य रहेको सापकोटाले बताउँछन् । कोदारी सडकको डाक्लाङ क्षेत्रबाट सेमुङ र चतली जाने बाटो पहिरोले बन्द भएकाले उत्पादित आलु र लसुन विक्री गर्न नपाएको सापकोटाले बताए । लेकाली भूमिमा फलेको स्वादिलो र कमलो आलुको माग जिल्लाकै बजार क्षेत्रमा बढी छ । तर, बाटो बन्द हुँदा किसानले आलुलाई बजारसम्म ढुवानी गर्न पाएका छैनन् । बस्तीमाथि छगाम र बगाममा रहेका ३०० आनीले आधाजति आलु किनेर लगेको र आधा परिमाणको आलु  विक्री हुन नसकेको गुनासो उनले गरे । ‘उत्पादन भएको कृषि उपज स्थानीय सरकारले विक्री वितरणको व्यवस्था मिलाउने हो भने युवाहरू कृषि पेशामा आकर्षित हुन्छन्,’ सापकोटा भन्छन्, ‘युवालाई पलायन हुनबाट जोगाउन पनि स्थानीय सरकारले नीति तया योजना बनाउन जरुरी छ ।’

९६ मेगावाटको मध्यभोटेकोशी निर्माणको बाटो खुला

मध्यभोटेकोशी जलविद्युत् आयोजनाको निर्माण चाँडै सुरु हुने भएको छ । लाइसेन्स नवीकरण दुई हप्ताभित्रै हुने भएपछि यसका लागि बाटो खुल्न गएको हो । तीन वर्षदेखि लाइसेन्स नवीकरण नहुँदा कम्पनी दर्तासमेत हुन सकेको थिएन । जलविद्युत् कम्पनी दर्ता हुनका लागि म्याद ननाघेको लाइसेन्स चाहिन्छ । ‘लामो समयदेखि तयार थियौं तीन वर्षदेखि लाइसेन्स नवीकरण नभएर रोकिएको भए पनि अब भने आयोजनाको निर्माण कार्य अघि बढाउन सकिन्छ भन्ने लागेको छ,’ आयोजना व्यवस्थापक प्रकाशमान श्रेष्ठले भने । आयोजनाका सबै लगानीकर्ताहरूको व्यावसायिक कागजात नवीकृत हुनुपर्ने भएकाले कम्पनी दर्ता प्रक्रिया रोकिएको हो । विद्युत् विकास विभागले कम्पनी दर्ता नभई लाइसेन्स नवीकरण नगर्ने बताएको थियो । ‘लगानीकर्ता कम्पनीहरूमध्ये चिलिमे जलविुद्यत्, सिन्धुपाल्चोक हाइड्रोपावर, नेपाल अरनिको हाइड्रोपावरको नवीकृत कागजात पेस भइसकेको छ । सिन्धु इन्भेस्टमेन्टको मात्र बाँकी रहेकाले कम्पनी दर्तामा ढिलाइ भएको हो,’ श्रेष्ठले भने । तर सिन्धुको नवीकरण पनि आउँदो शुक्रवारसम्म हुने भएकाले अर्काे हप्ताभित्र कम्पनी दर्ता हुने पक्का भएको उनले बताए । यो मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेड नामले दर्ता हुन लागेको छ । ‘कम्पनी दर्ता भइसकेपछि एक हप्ताभित्र आयोजनाको लाइसेन्स नवीकरण हुन्छ । यसको डेढ महिनाभित्र पीपीएका लागि प्रक्रिया अघि बढाउन सकिने देखिएको छ,’ श्रेष्ठले भने । लाइसेन्स नवीकरणपछि आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययनको काम पूरा गर्ने श्रष्ठले बताए । वर्ष ५, अंक ४३, २०६७, असार १४–२०

अरनिको यातायात गुपचुप रुपमा कम्पनीमा दर्ता

१७ वैशाख, काठमाडौं । अरनिको यातायात कम्पनीमा दर्ता भएको छ । सरकारले अरनिको राजमार्गमा कायम सिन्डिकेट तोडेपछि समिति कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर कम्पनी दर्ता गरेको हो । कम्पनी रजिष्ट्ररको कार्यालय स्रोतले समिति अन्तर्गतका व्यवसायीले अरनिको यातायात दर्ता गराएको बताएको छ । यद्यपि, अरनिको यातायात सेवा समितिले भने आफू कम्पनीमा नगएको दावी …