कैलाली । कैलालीमा एक जना प्रहरी हवल्दार मृत फेला परेका छन् । प्रहरी हवल्दार रमेशदत्त जोशी धनगढी उपमहानगरपालिका-३ स्थित गुरुद्वारामार्गस्थित आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए । उनी सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहराका ‘पीसओ’ अर्थात निजी सुरक्षाकर्मी हुन् । […]