मनाङ - मनाङको नासो गाउँपालिकाकाे तीन वटा वडाका बस्तीमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
वडा नम्बर ६ बाट लागेको आगो अहिले सात र आठ नम्बर वडामा फैलिरहेको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो । आगो निभाउने टोली आगलागी प्रभावित क्षेत्रमा पुगेको भए पनि ठूल्ठूला भीर भएकाले निभाउन समस्या भएको उहाँको भनाइ छ ।
अध्यक्ष घलेकाअनुसार आगो निभाउन नसकिने अवस्था भएपछि सदरमुकामबाट गएको टोलीसमेत फर्किएको छ । उहाँकाअनुसार गाउँभन्दा तल पाखो रहेकाले आगो नियन्त्रणमा लिन नसके बस्तीम...