रोल्पामा थरीथरीका गठबन्धन, काँग्रेस र एमालेबीच पनि तालमेल

माओवादीको आधार क्षेत्र मानिएको रोल्पामा स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रविरुद्ध नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाले स्थानीय तह निर्वाचनमा तालमेल गरेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले ६ महानगर, ११ उपमहानगरसहित विभिन्न पालिकामा एमालेविरुद्ध तालमेल गरिरहँदा रोल्पामा भने चुनावी तालमेलको समीकरण पृथक देखिएको हो ।रोल्पामा एक नगरपालिका सहित १० स्थानीय तह छन् । रोल्पाका कुनै पालिकामा पाँच दलीय गठबन्धन कायम छैन । बरु यहाँ काँग्रेस र एमालेबीच तालमेल भएको अनौठो परिदृश्य देख

सम्बन्धित सामग्री

काँग्रेस शीर्ष नेताको बैठक : गठबन्धनमा ६०–४० को तालमेल गर्न सुझाव

नेपाली काँग्रेसका शीर्ष नेताको बैठकमा स्वाभाविक देखिने गरी गठबन्धनमा सिटको तालमेल गर्नुपर्ने आवाज उठेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा गठबन्धनमा तालमेल गर्दा स्वाभाविक ढङ्गले सिट बाँडफाँट गर्नुपर्नेमा कुरा उठेको हो ।माओवादी केन्द्र एकीकृत समाजवादी, जसपा र जनमोर्चाले अस्वाभाविक माग राख्दा मत ट्रान्सफर गराउन गाह्रो हुने काँग्रेस नेताहरूको भनाइ थियो । बैठकमा भएको छलफलबारे ती नेताले भने, ‘जहाँ स्वाभाविक छ । त्यो ठाउँमा मत ट्रान्सफर गराउ

ललितपुरमा काँग्रेस-माओवादी तालमेल बागमतीमा मात्र सफल, अन्यमा घात-अन्तर्घात

काठमाडौं, ४ जेठ । ललितपुरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको तालमेल बागमती गाउँपालिकामा मात्र सफल देखिएको छ । बागमतीमा काँग्रेसका वीरबहादुर लोप्चनले अध्यक्ष जित्दा माओवादीका भक्तबहादुर दर्लामीले उपाध्यक्ष जितेका छन् । ललितपुुरमा काँग्रेस र माओवादीबीच गठबन्धन हुँदा नेकपा एस बाहिर पारिएको छ । ललितपुर महानगरपालिकामा मात्र गठबन्धन छ । तर, ललितपुरमा मेयर काँग्रेसले जित्ने […]

काँग्रेस र माओवादीले एमालेसँग तालमेल गर्नु बेइमानी भयो : महासचिव भुसाल

नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसालले पाँच दलीय गठबन्धनको निर्णयविरुद्ध एमालेसँग तालमेल गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गरेका छन् । रातोपाटीसँगको विशेष कुराकानीमा भुसालले सत्ता गठबन्धनमा तालमेल नभएको अवस्थामा मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय भएपनि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्नु अनैतिक कार्य भएको बताए ।‘गठबन्धनभन्दा बाहिर गएर तालमेल गर्नु राजनीतिक रुपमा अनैतिक भयो । गठबन्धनभन्दा बाहिर गएर तालमेल नगरौं भनेर शीर्ष नेताको तहमै निर्णय गरेर

पालुङटारमा काँग्रेस–जसपाबिच तालमेल नहुने

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकामा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबिच तालमेल नहुने भएको छ । काँग्रेस र जसपाको केन्द्रीय नेतृत्वले पालुङटारमा काँग्रेसले जसपाका मेयरलाई सहयोग गर्ने समझदारी भए पनि जिल्ला स्तरमा सहमति नजुटेपछि तालमेल नहुने भएको हो ।

जाजरकोटमा काँग्रेस–माओवादीबीच नयाँ तालमेल, समाजवादी आउट

जाजरकोटमा सुरुमा गठबन्धनको निर्णय अनुसार जाने सहमति भएपनि उम्मेदवारी फिर्ता लिने दिनसम्म आइपुग्दा गठबन्धन भाँडिने खतरा देखिएको थियो । तर गठबन्धन दलभित्रका नेपाली काँग्रेस र माओवादी केन्द्रले गठबन्धनको निर्णय विरुद्ध उम्मेदवारी दिएकाहरूलाई धमाधम उम्मेदवारी रद्द गराउँदै नयाँ शिराबाट तालमेललाई अघि बढाएका छन्  ।  आइतबार जाजरकोटका तीन पालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच नयाँ तरिकाबाट चुनावी तालमेल गर्ने सहमति भएको छ ।  दुई पार्टीबीच भेरी, नलगाड नगरपालिका र शिवालय ग

मेलम्चीमा काँग्रेस र राप्रपाबीच चुनावी तालमेल

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा नेपाली काँग्रेस र राप्रपाबीच चुनावी तालमेल हुने भएको छ । मेलम्चीमा चुनावी तालमेलको लागि काँग्रेसले मेयर र राप्रपाले उपमेयर पद लिने निर्णय अनुसार उम्मेदवारी कायम गरिएको हो ।मेलम्ची नगरपालिकाको मेयरमा काँग्रेसको तर्फबाट आइतमान तामाङ र उपमेयरको उम्मेदवार कुमारी तामाङ उम्मेदवार हुने भएका छन् । यसअघि मेलम्चीको उपमेयर पदमा काँग्रेसबाट उम्मेदवारी दर्ता गराएकी सविता गुरुङले राप्रपासँगको चुनावी तालमेलका लागि उम्मेदवारी फिर्ता लिएकी छिन् भने राप्रपाबाट मेलम्चीको प्रमुखम

भोजपुरको आमचोक गाउँपालिकामा काँग्रेस र एमालेबीच तालमेल

भोजपुरको आमचोक गाउँपालिकामा सत्ता गठबन्धनबाट बाहिरिएर नेपाली काँग्रेसले नेकपा एमालेसँग तालमेल गरेको छ। एमालेले अध्यक्षमा बसन्त राई र काँग्रेसले छिरिङ शेर्पालाई उपाध्यक्षको उम्मेदवार बनाएको हो । गठबन्धनको नीति विपरित काँग्रेसले एमालेसँग तालमेल गर्नु खेदजनक भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किराँतीले बताए। गठबन्धनको निर्णय विरुद्ध काँग्रेसले एमालेसँग तालमेल गरेको भन्दै किराँतीले आपत्ति जनाए। सत्ता गठबन्धनभित्र आमचोक र अरुण गाउँपालिकामा तालमेल गर्ने निर्णय भएपनि काँग्रेस आमचोक ग

धवलागिरिमा काँग्रेस–माओवादीबीच तालमेल

आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेल गर्ने भएका छन् ।  दुवै पार्टीका पालिकास्तरका नेताले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, सात वडाका अध्यक्ष र सदस्यमा साझा उम्मेदवार बनाउने सहमति गरेका हुन् । गाउँपालिकाको अध्यक्ष, २, ३, ४ र ५ नं वडाको अध्यक्षमा  काँग्रेस तथा १, ६ र ७ नं वडा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने भएका छन् । माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य किरण थापाले वडा सदस्यमा पनि साझा उम्म

काँग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्नसक्ने जनाएको छ । बिहीबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यसअघि सहमति भएका राप्रपा नेपाल, परिवार दल, लोकतान्त्रिक समाजवादी बाहेक काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल हुनसक्ने बताएका हुन् । ‘कतिपय स्थानीय तहमा नेपाली काँग्रेस र माओवादीसँग पनि कतिपय ठाउँमाहरुमा लोकल लेबलमा तालमेल हुनसक्छ’, गुरुङको भनाइ छ

काँग्रेस अछामका तीन पालिकाले अस्वीकार गरे सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेपनि नेपाली काँग्रेस अछामका तीन पालिकाकाले अस्वीकार गरेका छन् । साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् । नगर तथा गाउँकार्य समितिको बैठकले तालमेल नगर्ने निर्णय गरेका हुन् ।काँग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले काँग्रेस बलियो रहेको क्षेत्रमा तालमेल गरेर जान नसकिने बताए । उनले काँग्रेसको जनाधारको कदर हुनेगरी निर्णय लिइएको बताए । तीन पालिकामा काँग्रेस, माओवादी केन्द्र र  एकीकृ