वि.सं. २००६ मा भारतीय राजदूत सरजित सिंहको चारसीटे जहाज पहिलोपटक गौचरणमा अवतरण
वि.सं. २००७ मा पहिलोपटक हिमालयन एभिएसनको ड्याकोटा जहाज गौचरणबाट कलकत्तासम्म चार्टर्ड उडान
वि.सं. २०१२ मा राजा महेन्द्रबाट गौचरण विमानस्थलको औपचारिक उद्घाटन भई त्रिभुवन विमानस्थलमा रूपान्तरण
वि.सं. २०१४ मा नागरिक उड्डयन विभाग गठन र विमानस्थलको घाँसे धावन मार्गको कालोपत्र
वि.सं. २०१५ मा तत्कालीन शाही नेपाल वायुसेवा निगमको नियमित हवाई (आन्तरिक र बाह्य) सेवा शुरू
वि.सं. २०१६ मा प्राधिकरण संस्थानमा परिणत
वि.सं. २०१७ मा प्राधिकरणले अन्तरराष्ट्रिय हवाई सेवा प्रदायक संस्था आईकाओको सदस्यता लिएको
वि.सं. २०२१ मा त्रिभुवन विमानस्थल अन्तरराष्ट्रिय विमानस्थलमा परिणत
विमानस्थलको ३ हजार ७५० फिट लामो धावनमार्ग ६ हजार ६०० फिटमा विस्तार
वि.सं. २०२४ मा जर्मनीको लुफ्थान्सा बोइङ–७०७ काठमाडौंमा अवतरण
वि.सं. २०२५ देखि नेपाल–थाइल्याण्ड नियमित हवाई सेवा शुरू
वि.सं. २०२९ मा नेपाल एयरलाइन्सको पहिलो बोइङ ७२७–१०० बाट हवाई सेवाको थालनी । सोही वर्षदेखि नेपाली एटीसी प्राविधिकबाट समेत सेवा शुरू
वि.सं. २०४६ मा पहिलोपटक अन्तरराष्ट्रिय टर्मिनल निर्माण सम्पन्न
वि.सं. २०४९ मा उद्धार उड्डयन नीति लागू र आन्तरिक हवाई सेवामा निजीक्षेत्रको प्रवेश शुरू
विंसं. २०५१ देखि दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि स्थान छनोट अध्ययन प्रक्रिया आरम्भ
वि.सं. २०५७ मा नागरिक उड्डयन नीति लागू
वि.सं. २०५२ मा आन्तरिक टर्मिनल भवन विस्तार
२०५९ मा एयर कार्गाे सेवा शुरू
वि.सं. २०६२ देखि निजी हवाई सेवा प्रदायकबाट अन्तरराष्ट्रिय हवाई सेवा शुरू
वि.सं. २०६३ मा नयाँ हवाई नीति निर्माण
वि.सं. २०६४ मा इतिहाद, ड्र्यागन, सिल्क, ओरियन्ट, थाई र हङकङ एक्सप्रेसद्वारा अन्तरराष्ट्रिय सेवा शुरू
वि.सं. २०७० देखि विमानस्थलमा स्वचालित उपकरण तथा मेशिन जडान गर्ने योजना सार्वजनिक
वि.सं. २०७१ मा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण शुरू
वि.सं. २०७४ मा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण प्रारम्भ
वि.सं. २०७५ मा भट्टे डाँडामा राडर जडान
वि.सं. २०७५ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन
वि.सं. २०७५ मै धनगढी विमानस्थलमा रात्रिकालीन उडान, सिमरा पनि थप
वि.सं. २०७५ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुटिक एयरपोर्टमा रूपान्तरण
पोखरा, भैरहवा अन्तरराष्ट्रिय विमानस्थल निर्माण प्रारम्भ
वि.सं. २०७७ मा प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा विमानस्थल निर्माण शुरू
विराटनगर विमानस्थल जस्ता अन्य विमानस्थलमा संघीय सरकारको लगानी पनि हुनेगरी आन्तरिक विमानस्थलमा स्थानीय र प्रदेश सरकारको स्वामित्व हुनेगरी निर्माणमा समझदारी