१८ महीनापछि रिभर्स रिपो

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ महीनापछि रिभर्स रिपो जारी गरी बजारबाट तरलता उठाएको छ । बैंक, वित्तीय संस्थाहरूको अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको लक्ष्यभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट तरलता खिचेको हो । राष्ट्र बैंकले बिहीवार बोलकबोलबाट ७ दिन अवधिको रिभर्स रिपोमार्फत बजारबाट ५ अर्ब रुपैयाँ उठाएको छ । बिहीवारको रिभर्स रिपोमा सातओटा बैंक, वित्तीय संस्थाले ३६ ओटा बोलपत्रमार्फत १५ अर्ब ६० करोड रुपैयाँ दिन चाहेका थिए । त्यसमा अधिकतम ४ दशमलव ४६ प्रतिशत, न्यूनतम ४ दशमलव २४ प्रतिशत ब्याजदर बोलकबोल भएकोमा औसत ४ दशमलव ३२ प्रतिशत ब्याजदर कायम भएको राष्ट्र बैंकले बताएको छ । यसअघि राष्ट्र बैंकले गत साउनमा रिभर्स रिपो र निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता खिचेको थियो । २०७८ साउन ५ गते रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड तथा साउन १३ र २१ गते निक्षेप संकलनमार्फत ३१ अर्ब ६५ करोड रुपैयाँ बजारबाट उठाएको थियो । त्यसपछि भने लगातार बजारमा तरलता पठाउँदै आएको छ । गत आर्थिक वर्ष (आव) मा रिपोमार्फत ४ खर्ब ७६ अर्ब ३९ करोड, सोझै खरीदमार्फत ५५ अर्ब ९२ करोड र स्थायी तरलता सुविधामार्फत ९१ खर्ब ७० अर्ब ११ करोड गरी कुल ९७ खर्ब २ अर्ब ४१ करोड रुपैयाँ तरलता बजारमा प्रवाह गरेको थियो । यसैगरी चालू आवको मङ्सिरसम्ममा राष्ट्र बैंकले रिपोमार्फत २ खर्ब ४१ अर्ब २० करोड, सोझै खरीद बोलकबोलमार्फत ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत २६ खर्ब ८२ अर्ब ७० करोड गरी कुल ३० खर्ब ७ अर्ब ७५ करोड रुपैयाँ तरलता बजारमा प्रवाह गरिसकेको छ । पछिल्लो समय रेमिट्यान्स आप्रवाहमा देखिएको सुधारका कारण बैंकहरूमा निक्षेप बढे पनि उच्च ब्याजदरका कारण बैंकहरूले कर्जा प्रवाह विस्तार गर्न सकेका छैनन् । यसका कारण ट्रेजरी बिल्स र अन्तरबैंक ब्याजदर पनि घटिरहेको छ । अन्तरबैंक दर मौद्रिक नीतिले तोकेको सीमाभन्दा तल ओर्लिएपछि रिभर्स रिपो जारी गरिएको राष्ट्र बैंकले दाबी गरेको छ । ‘अहिले बजारमा अधिक तरलता छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अन्तरबैंक दर मौद्रिक नीतिको सीमाभन्दा तल झरेपछि रिभर्स रिपो जारी गरिएको हो ।’ चालू आर्थिक वर्षको मौद्रिक नीतिमा अन्तरबैंक कारोबारको औसत ब्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढी विन्दुले तलमाथि भएमा रिपो/रिभर्स रिपो जारी गर्ने प्रावधान छ । बुधवार बैंकहरूको अन्तरबैंक कारोबारको औसत ब्याजदर ४ दशमलव ७ प्रतिशतमा झरेको राष्ट्र बैंकले बताएको छ । चालू आवको मौद्रिक नीतिमा ब्याजदर कोरिडोरअन्तर्गतको माथिल्लो सीमा अर्थात् बैंकदर ८ दशमलव ५ प्रतिशत र तल्लो सीमा अर्थात् निक्षेप संकलन दरलाई ५ दशमलव ५ प्रतिशतमा कायम राख्ने लक्ष्य निर्धारण गरिएको छ । चालू आवको मङ्सिरसम्ममा बैंक तथा वित्तीय संस्थामा १ खर्ब ११ अर्ब १५ करोड रुपैयाँ निक्षेप वृद्धि हुँदा उनीहरूले ७३ अर्ब ३० करोड रुपैयाँमात्र कर्जा प्रवाह गरेका छन् ।

सम्बन्धित सामग्री

अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै राष्ट्र बैंक

२५ असार, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपो मार्फत तरलता खिच्ने भएको छ । २६ असार मंगलबार राष्ट्र बैंकले रिभर्स रिपो मार्फत १४ दिनको लागि २० अर्ब तरलता खिच्ने भएको हो । प्रणालीमा तरलता अधिक भएर अन्तर बैंक ब्याजदर करिब २ प्रतिशतमा झरेपछि रिभर्स रिपो मार्फत तरलता खिच्ने भएको […]

२० अर्बको रिभर्स रिपो जारी

बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले मंगलबार पनि २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको छ । गत असार ७ र १० मा रिभर्स रिपो जारी गरेको केन्द्रीय बैंकले मंगलबार फेरि रिपोमार्फत प्रणालीको पैसा तानेको हो । प्रणालीमा तरलता अधिक भएको अवस्थामा केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत तरलता तान्ने गर्दछ । सोही अनुसार गत असार […]

रिभर्स रिपो मार्फत पुनः २० अर्ब खिच्दै राष्ट्र बैंक

८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले रिभर्स रिपो मार्फत पुनः २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । १० असारमा ७ दिन अवधिको रिभर्स रिपो मार्फत २० अर्ब रुपैयाँको तरलता खिच्न लागिएको राष्ट्र बैंकले …

राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने

काठमाडौँ- बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ७ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी हुन लागेको हो । तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्न लागेको हो । जसअनुसार […]

अन्तरबैंक ब्याजदर सीमाभन्दा कम भएपछि दोस्रोपटक रिभर्स रिपो

काठमाडौं । अन्तरबैंक ब्याजदर लक्षित सीमाभन्दा तल आएपछि नेपाल राष्ट्र बैंकले दोस्रोपटक रिभर्स रिपो जारी गरी बजारबाट तरलता उठाएको छ । बिहीवार ७ दिन अवधिको रिभर्स रिपोमार्फत केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ तरलता खिचेको हो ।  बिहीवारको रिभर्स रिपोमा ९ ओटा बैंक, वित्तीय संस्थाले ५९ ओटा आवेदनमार्फत २६ अर्ब ३३ करोड रुपैयाँका लागि बोलपत्र गरेका थिए । त्यसमा अधिकतम ३ दशमलव २४ प्रतिशत र न्यूनतम २ दशमलव ७३ प्रतिशत ब्याजदर बोलकबोल भएकोमा औसत ३ दशमलव शून्य १ प्रतिशत ब्याजदर कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  २०७८ साउन ५ गते रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड रुपैयाँ तथा साउन १३ र २१ गते निक्षेप संकलनमार्फत ३१ अर्ब ६५ करोड रुपैयाँ बजारबाट उठाएपछि राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) मा पहिलोपटक माघ १२ गते रिभर्स रिपोमार्फत बजारबाट ५ अर्ब रुपैयाँ उठाएको थियो ।  वित्तीय प्रणालीमा निक्षेप वृद्धिसँगै तरलता सहज भएपछि केन्द्रीय बैंकले चैत दोस्रो सातापछि रिपोलगायत उपकरणबाट तरलता प्रवाह गरेको छैन । अन्तिमपटक चैत २३ गते १४ दिन अवधिको २० अर्ब रुपैयाँ रिपो जारी गरेको थियो । त्यसैगरी बैंकहरूले ओभरनाइट रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) लिने क्रमसमेत घटिरहेको छ । बैंकहरूले वैशाख १३ गतेयता ओभरनाइट रिपो र जेठ १७ गतेयता एसएलएफ सुविधा लिएका छैनन् । बैंक, वित्तीय संस्थामा तरलता अधिक भई अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको लक्ष्यभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट तरलता खिचेको हो ।  मौद्रिक नीतिमा अन्तरबैंक कारोबारको औसत ब्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढी बिन्दुले तलमाथि भएमा रिपो÷रिभर्स रिपो जारी गर्ने प्रावधान छ । जेठयता लगातार ओरालो लागेको अन्तरबैंक कारोबारको औसत ब्याजदर मंगलवार ४ प्रतिशतमा झरेको छ । पछिल्लो समय रेमिट्यान्स आप्रवाहमा सुधारसँगै बैंकहरूमा निक्षेप बढे पनि उच्च ब्याजदर र आर्थिक गतिविधिमा आएको कमीका कारण कर्जा प्रवाह हुन सकेको छैन । यसले गर्दा टे«जरी बिल्स, विकास ऋणपत्र, अन्तरबैंक कारोबारको ब्याजदरहरू लगातार घटिरहेका छन् । चालू आवको वैशाखसम्ममा राष्ट्र बैंकले रिपोमार्फत ४ खर्ब १४ अर्ब ४७ करोड, सोभै खरीद बोलकबोलमार्फत ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २६ अर्ब ९६ करोड र ओभरनाइट तरलता सुविधामार्फत १७ खर्ब १८ अर्ब ८ करोड गरी कुल ४९ खर्ब ४९ अर्ब २२ करोड रुपैयाँ तरलता प्रवाह गरिसकेको छ । वैशाखसम्ममा बैंक, वित्तीय संस्थामा ३ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँ निक्षेप वृद्धि हुँदा उनीहरूले १ खर्ब ५३ अर्ब १७ करोड रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् ।  चालू आवको मौद्रिक नीतिमा राष्ट्र बैंकले ब्याजदर कोरिडोरअन्तर्गतको माथिल्लो सीमा अर्थात् बैंकदर ७ प्रतिशतबाट ८ दशमलव ५ प्रतिशत र तल्लो सीमा अर्थात् निक्षेप संकलन दर ४ प्रतिशतबाट ५ दशमलव ५ प्रतिशत तथा नीतिगत दर ५ दशमलव ५ प्रतिशतबाट ७ प्रतिशतमा पुर्‍याएको थियो ।  राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट ८ दशमलव ५ प्रतिशतमा प्रवाह हुँदै आएको दैनिक तरलता सुविधा नीतिगत दर अर्थात ७ प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेको थियो । यस्तै तेस्रो त्रैमासिक समीक्षाबाट बैंकदर १ प्रतिशत विन्दुले घटाएर ७ दशमलव ५ प्रतिशत कायम गरे पनि नीतिगत दर यथावत् राखेको छ ।

३० अर्ब रुपैयाँ रिपो जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक बिहीबार ३० अर्ब रुपैयाँ रिपो जारी गर्ने भएको छ । बैंकले एक हप्ता (सात दिन) का लागि बैंक तथा वित्तीय संस्थाहरुलाई सापटीको स्वरुप ३० अर्ब रुपैयाँ प्रदान गर्न लागेको हो । केन्द्रीय बैंकले बजारमा तरलता प्रवाहका लागि रिपो मार्फत रकम प्रवाह गर्ने र बजारमा अधिक तरलता हुँदा रिभर्स रिपो मार्फत पुनः पैसा उठाउने गर्छ । अहिलेको बजारको तरलता मागलाई सम्बोधन गर्न बैंकले छोटो समयका लागि रिपो मार्फत तरलता प्रवाह गर्न लागेको हो । बैंकले बिहीबार दिउँसो ३ बजे रिपो जारी गर्ने जनाएको छ ।

२० अर्बको रिभर्स रिपो जारी गर्दा ३३ अर्बको माग

नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो निष्कासन गरेको छ । वित्तीय प्रणालीमा रहेको अधिक तरलतालाई खिच्नका लागि उक्त रिभर्स रिपो जारी गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँको ‘रिभर्स रिपो’ जारी गर्दै

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दैछ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो ।  बैंकहरुमा तरलता अभाव भइरहेको चर्चा चलिरहेकै बेला बैंक तथा वित्तीय संस्थामा तरलता बढी भएक बेला राष्ट्र बैंकले तरलता प्रशोचन गर्न लागेको हो । रिभर्स रिपो भ...