ब्राजिलमा अक्सफोर्ड र चिनियाँ कोरोना खोपलाई अनुमति
५ माघ, काठमाडौं । ब्राजिलले अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको र चिनियाँ कम्पनी सिनोभ्याकले विकास गरेको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । यससँगै ब्राजिलमा कोरोना खोप कार्यक्रम पनि सुरु भएको छ । …
काठमाडौँ। दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण काम सक्ने गरी चिनियाँ टोली नेपाल आउन ढिलाइ भएको छ । कोरोना महामारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका छैनन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटा अब निर्धारित कार्यतालिका संशोधन हुने बताउँछन् । ‘आगामी अप्रिलसम्म चिनियाँ प्राविधिक अन्वेषणको काम सक्न […]
काठमाडौँ– चिनियाँ नागरिकले काठमाडौँस्थित चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् । कोरोना महामारीका कारण नेपालमै रोकिएका उनीहरुले स्वदेश फर्कन पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । आफ्नै खर्चमा देश फर्कँन चाहेपनि फर्कन नपाएका उनीहरुले यसअघि पनि प्रदर्शन गरेका थिए । करिब दुई हजार चिनियाँ नागरिक नेपालमै छन् ।
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री खाँणले कोभिडविरुद्धको लडाइँमा चीनको ठूलो साथ र सहयोग रहेको बताउँदै कोरोना खोप उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई विशेष धन्यवाद दिए। चिनियाँ राजदूत होउले नयाँ सरकारको सफलताको कामना गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
काठमाडौं : शेरबहादुर देउवालाई चीनका प्रधानमन्त्री ली खछ्याङले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेका छन्। चिनियाँ प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षी देउवालाई बधाई सन्देश पठाएर चीन र नेपालबीचको रणनीतिक सम्बन्ध र साझेदारी तथा अनन्तकालसम्म रहिरहने मैत्री चिनियाँ चाहना भएको बताएका हुन्। सन्देशमा चिनियाँ प्रधानमन्त्रीले वेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत सहयोग, कोरोना महामारी नियन्त्रण, त्यसविरुद्धको प्रतिकार्य तथा महामारीका कारण थलिएको अर्थतन्त्रको पु
६ साउन, काठमाडौं । एसियामा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको चिनियाँ खोप एसियामा निकै महत्वपूर्ण बनेको छ । लाखौं मानिसहरुले चिनियाँ कम्पनी निर्माता सिनोभ्याक वा सिनोर्फमले विकास गरेको खोप लगाइसकेका छन् । तर पछिल्लो केही समययता चिनियाँ खोपको प्रभावकारिताको विषयमा प्रश्न चिह्न उठेको छ । अहिले चिनियाँ खोपलाई प्राथमिकता दिएका एसियाली मुलुकले अर्को खोप प्रयोग गर्ने […]
काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको कोरोना खोपको आपतकालीन प्रयोगलाई अनुमति दिएको छ ।
यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडर्नाको खोपलाई अनुमति दिएको थियो । डब्ल्यूएचओबाट अनुमति पाउनु अघि नै अफ्रिका, ल्याटिन अमेरिका तथा एसियाका केही देशले चिनियाँ कम्पनीले उत्पादन गरेको खोप प्रयोगमा ल्याइसकेका छन् ।
चिनियाँ कम्पनीको यो खोप १८ वर्षभन्दा माथिका उमेर समूहलाई बढी प्रभावकारी हुने देखिएको पनि डब्ल्यूएचओले जनाएको छ । विश्वमा कोरोना भाइरसको दोस्रो लहर...
कोरोना भाइरसविरुद्ध चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले उत्पादन गरेको कोेभिड-१९ खोप (भेरो सेल) लाई नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
यसअघि भारतमा उत्पादन भएको खोप नेपालमा अनुमति पाएर प्रयोग भइरहेको छ ।
औषधि व्यवस्था विभागले बुधवार एक सूचना प्रकाशित गर्दै चिनियाँ खोपलाई मंगलवार अनुमति दिइएको जनाएको छ ।
यसअघि नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई केही खोप अनुदानमा उपलब्ध गराउने जानकारी दिएको थियो ।
२५ माघ, काठमाडौं । विश्वमा सबैभन्दा पहिला कोरोना भाइरस (कोभिड–१९) को विषयमा चेतावनी दिने चिनियाँ डाक्टर ली वेनलियाङको मृत्यु भएको एक वर्ष भइसकेको छ । विश्वभर वेनलियाङको एक हिरोको रुपमा चर्चा भएको थियो । तर, कोरोना भाइरसकै कारण उनको मृत्यु भएको थियो । उनको स्वास्थ्यावस्थाको विषयलाई चिनियाँ सञ्चारमाध्यमहरुमा विरोधाभाषपूर्ण समाचारहरु आइरहेका थिए । तर, गत […]