गोरखामा ३६ वडाको मतगणना सकियो, १७ मा माओवादी विजयी

गोरखाका ९६ वटा वडामध्ये ३६ वटा वडाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचन अन्तर्गत गोरखाका ९६ वटा वडामध्ये ३६ वटा वडाको नतिजा आइतबार सार्वजनिक भएको हो ।जसअनुसार सवैभन्दा बढी नेकपा माओवादी केन्द्रले १७, नेपाली काँग्रेसले १२, नेकपा एमालेले ६ र जनता समाजवादी पार्टी जसपाले १ वडामा जित हासिल गरेका छन् । 

सम्बन्धित सामग्री

१२१ पालिका प्रमुखमा माओवादी विजयी

नेकपा (माओवादी केन्द्र) ले हालसम्म १२१ वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ ।  मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये १२१ वटाको प्रमुख तथा अध्यक्षमा माओवादीका उम्मेदवार विजयी बनेका हुन् । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो । मतगणना सम्पन्न भएको पालिकाहरुमा नेपाली काँग्रेस र नेकपा एमालेपछि माओवादीले धेरै पालिकामा विजय प्राप्त गरेको छ । आयोगका अनुसार हालसम्म कांग्रेसले ३२२ र एमालेले २०२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।&

काभ्रेको नमोबुद्ध नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

५ जेठ, काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार कुन्सा लामा र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रत्न लामा विजयी भएका छन् । राति अवेर सकिएको मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार कुन्सा लामाले ११ हजार २११ मतका साथ नेकपा एमालेका उम्मेदवार राजन भुर्तेललाई पराजित गरे । भुर्तेलले ५८२२ मत ल्याए । कुन्सा र राजनबीचको मतअन्तर […]

दाङका ८ पालिकाको मतगणना सकियो, ५ पालिकामा कांग्रेस र ३ पालिकामा माओवादी विजयी

दाङ । दाङमा हालसम्म ८ वटा पालिकाहरुको मतगणना सकिएको छ । जिल्लाको दश वटा पालिका मध्ये ८ वटा पालिकाको मतगणना सकिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । बाँकी तुलसीर उपमानगरपालिका र घोराही उपमहानगरपालिकाको मतगणना भने जारी रहेको छ । मतगणना सम्पन्न भएको पालिका मध्ये ५ वटा पालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ […]

दैलेखको तीन पालिकाको नतिजा सार्वजनिक, दुईमा एमाले र एउटामा माओवादी विजयी

सुर्खेत - दैलेखका तीन पालिकामा मतगणना सम्पन्न भएको छ । दुई वटा पालिकाको नतिजा आज बिहान र एउटा पालिकाको नतिजा आइतवार बिहान सार्वजनिक भएको हो । जसमा दुईवटा पालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् भने एउटा पालिकामा माओवादीका उम्मेदवार विजयी भएका छन् । दैलेखको डुंगेश्वर गाउँपालिकामा बहुमत वडासहित एमाले विजयी भए...

दैलेखको तीन पालिकाको नतिजा सार्वजनिक, दुईमा एमाले र एउटामा माओवादी विजयी

सुर्खेत - दैलेखका तीन पालिकामा मतगणना सम्पन्न भएको छ । दुई वटा पालिकाको नतिजा आज बिहान र एउटा पालिकाको नतिजा आइतवार बिहान सार्वजनिक भएको हो । जसमा दुईवटा पालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् भने एउटा पालिकामा माओवादीका उम्मेदवार विजयी भएका छन् । दैलेखको डुंगेश्वर गाउँपालिकामा बहुमत वडासहित एमाले विजयी भए...

सिन्धुलीकाे मरिण १ मा माओवादी विजयी, पालिकामा गठबन्धनकाे अग्रता

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ। मरिण गाउँपालिका १ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार हिराबहादुर गुर्मछान ५ सय ६ मत प्राप्त  गरेर प्यानलै विजयी भएको हो। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका गोपीलाल लामिछाने मगरले ३३८ मत प्राप्त गरेका छन्। भने नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार जगतबहादुर जिम्बाले २११ मत प्राप्त गरेका छन्। सो वडाको मतगणना अनुसार गठबन्धन दलका उम्मेदवारले अग्रता बनाएका छन्। माओवादी केन्द्रका मरिण गाउँपालिका अध्यक्

दाङको अधिकांश पालिकामा कांग्रेसको अग्रता, राप्ती ९ मा माओवादी विजयी

दाङका ७ स्थानीय तहमा मतगणना सुरु भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार लमही नगरपालिकासहित

कैलालीको बर्दगोरीयामा कांग्रेस र कैलारीमा माओवादी विजयी

कैलालीको बर्दगोरीया गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ। सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका बलिराम चौधरीले ३ हजार ७ सय ४१ मत ल्याएर अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर कुँवरले ३ हजार ५ सय ४७ मत ल्याए।