दाङको अधिकांश पालिकामा कांग्रेसको अग्रता, राप्ती ९ मा माओवादी विजयी

दाङका ७ स्थानीय तहमा मतगणना सुरु भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार लमही नगरपालिकासहित

सम्बन्धित सामग्री

१२१ पालिका प्रमुखमा माओवादी विजयी

नेकपा (माओवादी केन्द्र) ले हालसम्म १२१ वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ ।  मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये १२१ वटाको प्रमुख तथा अध्यक्षमा माओवादीका उम्मेदवार विजयी बनेका हुन् । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो । मतगणना सम्पन्न भएको पालिकाहरुमा नेपाली काँग्रेस र नेकपा एमालेपछि माओवादीले धेरै पालिकामा विजय प्राप्त गरेको छ । आयोगका अनुसार हालसम्म कांग्रेसले ३२२ र एमालेले २०२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।&

गोरखाको नौ पालिकामा माओवादी, दुईमा कांग्रेस विजयी

गोरखा-गोरखाका ११ मध्ये नौ पालिका प्रमुख नेकपा माओवादी केन्द्रले जितेको छ । अघिल्लो स्थानीय तहको चुनावमा २ वटा पालिकामा सीमित भएको माओेवादी यो पटक नौ पालिकामा विजयी हुन सफल भएको हो । अघिल्लो पटक आफूले जितेको सात पालिकामा माओवादी विजयी भएपछि कांग्रेसले यो पटक दुई पालिका प्रमुखमा चित्त बुझाएको छ ।माओवादी केन्द्रले शहिद लखन, बारपाक […]

काभ्रेको तेमाल पालिकामा कांग्रेस–माओवादी विजयी

काभ्रे : जिल्लाको तेमाल गाउँपालिकामा गठबन्दन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।गठबन्धनबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका चन्द्र लामा र उपाध्यक्षमा माओवादी केन्द्रका दलमान थोकर (डिएम) विजय भएका हुन्।अध्यक्ष लामाले ७ हजार ७८ मत ल्याएर निर्वाचित हुँदा प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र बहादुर तामाङले ५ हजार ९०० मत पाएका छन्। लामाले १ हजार १७८ मत अन्तरले एमालेका तामाङलाई पराजित गरेका हुन्।त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादीका थोकर ६ हजार ६६

दाङका ८ पालिकाको मतगणना सकियो, ५ पालिकामा कांग्रेस र ३ पालिकामा माओवादी विजयी

दाङ । दाङमा हालसम्म ८ वटा पालिकाहरुको मतगणना सकिएको छ । जिल्लाको दश वटा पालिका मध्ये ८ वटा पालिकाको मतगणना सकिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । बाँकी तुलसीर उपमानगरपालिका र घोराही उपमहानगरपालिकाको मतगणना भने जारी रहेको छ । मतगणना सम्पन्न भएको पालिका मध्ये ५ वटा पालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ […]

रुकुम पूर्वका तीन वटै पालिकामा माओवादी विजयी

रुकुमपूर्व– रुकुमपूर्वको तीनवटै पालिकामा मत गणनाको कार्य सम्पन्न भएको छ । सबै पालिकाको मत गणनाको कार्य सकिँदा रुकुमपूर्वमा माओवादी केन्द्रले जिल्लाका सबै स्थानीय तहमा जित हासिल गरेको छ । माओवादीले भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ भने सिस्ने गाउँपालिकामा अध्यक्षमा जितेको छ । उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनले जितेको छ ।  पुथाउत्तरगङ्गा गाउँपालिकाको […]

अहिलेसम्म १०९ कांग्रेस, ६४ एमाले, ५१ स्थानमा माओवादी विजयी : कसको अग्रता कति ?

काठमाडौं- स्थानीय तहको निर्वाचनको पछिल्लो परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेस १०९ ठाउँमा विजयी हुँदै पहिलो दल बनेको छ। देशभरका २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक हुँदा कांग्रेस पहिलो दल बनेको हो। कांग्रेसले १०९ स्थानमा प्रमुख र उपप्रमुख जितेको छ भने एमालेले ६४ पालिकामा जित हात पारेको छ। नेकपा (माओवादी केन्द्र) भने ५१ ठाउँमा विजयी भएको छ। […]

दैलेखको तीन पालिकाको नतिजा सार्वजनिक, दुईमा एमाले र एउटामा माओवादी विजयी

सुर्खेत - दैलेखका तीन पालिकामा मतगणना सम्पन्न भएको छ । दुई वटा पालिकाको नतिजा आज बिहान र एउटा पालिकाको नतिजा आइतवार बिहान सार्वजनिक भएको हो । जसमा दुईवटा पालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् भने एउटा पालिकामा माओवादीका उम्मेदवार विजयी भएका छन् । दैलेखको डुंगेश्वर गाउँपालिकामा बहुमत वडासहित एमाले विजयी भए...

सिन्धुलीकाे मरिण १ मा माओवादी विजयी, पालिकामा गठबन्धनकाे अग्रता

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ। मरिण गाउँपालिका १ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार हिराबहादुर गुर्मछान ५ सय ६ मत प्राप्त  गरेर प्यानलै विजयी भएको हो। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका गोपीलाल लामिछाने मगरले ३३८ मत प्राप्त गरेका छन्। भने नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार जगतबहादुर जिम्बाले २११ मत प्राप्त गरेका छन्। सो वडाको मतगणना अनुसार गठबन्धन दलका उम्मेदवारले अग्रता बनाएका छन्। माओवादी केन्द्रका मरिण गाउँपालिका अध्यक्

राप्ती गापा–९ मा माओवादी विजयी

दाङ : राप्ती गाउँपालिका-९ मा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन्। माओवादी केन्द्रका उम्मेदवार रिमबहादुर सुनारी मगरले ३५८ मत प्राप्त गरी विजयी भएको प्रदेश निर्वाचन कार्यालयले दाङले जनाएको छ।यो वडामा नेपाली कांग्रेसका उम्मेदवारले १९८, नेकपा एमालेका उम्मेदवारले ७६, स्वतन्त्र उम्मेदवारहरु गुलाफको फूल १७ र छाता चुनाब चिन्हले जम्मा १ मत प्राप्त गरेको थिए।यो वडामा जम्मा ७१४ मत खसेको थियो। यो पालिकामा माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ।