एक्सेल डेभलपमेण्ट बैंकको बोनस शेयर सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

भदौ ३०, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन बिहीवार (भदौ ३१ गते) सम्म रहेको छ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १ गते देखि १६ गतेसम्म बुक क्लोज गर्ने भएसँगै भदौ ३१ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।  कम्पनीले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश वितरणको लागि कम्पनीले आगामी असोज १६ गते साधारण सभा आयोजना गरेको छ ।  सभा सिद्धार्थ होटल विर्तामोड, झापामा बिहान ११ बजे बोलाएको कम्पनीले जानकारी गराएको छ ।  

सम्बन्धित सामग्री

८ ओटा विकास बैंकले घोषणा गरे लाभांश : सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको

पुस १६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १६ ओटा विकास बैंक मध्ये ८ ओटा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  ८ ओटै विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश वितरण गर्ने प्रस्ताव गरेका ८ ओटा कम्पनीमध्ये ५ ओटा कम्पनीले साधारण सभा सम्पन्न गरिसकेका छन् ।  कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सांग्रिला डेभलपमेण्ट बैंक, लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले साधारण सभा सम्पन्न गरिसकेका छन् । साधारण सभा सम्पन्न गरेका ५ ओटा कम्पनीमध्ये सांग्रिला डेभलपमेण्ट बैंकले बोनस शेयर सूचीकृत गराइसकेको छ भने बाँकी कम्पनीको सूचीकरण हुने प्रक्रियामा रहेको छ ।  साधारण सभा गर्न बाँकी तीन ओटा कम्पनीमध्ये ज्योति विकास बैंकले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले ११ प्रतिशत बोनस शेयर र ४ दशलमव ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गतेदेखि २३ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, महालक्ष्मी विकास बैंकले लाभांश पारितका लागि पुस २५ गते साधारण सभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, टुडिखेलमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, मितेरी डेभलपमेण्ट बैंकले लाभांश पारितका लागि पुस २८ गते साधारण सभा बोलाएको हो । सभा सुनसरी उद्योग वाणिज्य संघ, सुनसरीमा बिहान ११ बजे शुरु हुने जानकारी दिइएको छ । सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशलमव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, नारायणी डेभलपमेण्ट बैंक र कर्पोरेट डेभलपमेण्ट बैंकले भने गत आवको मुनाफबाट शेयरधनीलाई भने कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् । नारायणी डेभलपमेण्ट बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ । सभाले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव र आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।  त्यसैगरी कर्पोरेट डेभलपमेण्ट बैंकले पुस ३० गते साधारण सभा गर्ने जानकारी गराएको हो । सभाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी अझै ६ ओटा कम्पनी रहेका छन् । एक्सेल डेभलपमेण्ट बैंक, गरिमा विकास बैंक, कर्णाली डेभलपमेण्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेण्ट बैंक र सप्तकोशी डेभलमेन्ट बैंक रहेका छन् ।  हालसम्ममा लाभांश प्रस्ताव गरेका ८ ओटा कम्पनी मध्ये सबैभन्दा बढी महालक्ष्मी विकास बैंकले कुल २१ दशलमव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले २० प्रतिशत बोनस शेयर १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  तलको टेबलमा अघिल्लो आवको लाभांश पनि राखिएको छ । यस आधारमा मितेरी डेभलपमेण्ट बैंक बाहेक बाँकी कम्पनीले अघिल्लो आवको भन्दा गत आवमा लाभांश दर बढाएका छन् । मितेरी डेभलपमेण्ट बैंकले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरको थियो ।                                                                              स्रोत : कम्पनीद्वारा प्रकाशित सूचना

रू रू जलविद्युतसहित ३ ओटा कम्पनीको साधारण सभा शनिवार हुँदै

असोज १५, काठमाडौं । रू रू जलविद्युत् परियोजनासहित तीन ओटा कम्पनीको साधारण सभा शनिवार हुने भएको छ । रू रू जलविद्युत् परियोजना,एक्सेल डेभलपमेण्ट बैंक र घोडीघोडा लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । रू रू जलविद्युत् परियोजनाले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे साधारण सभा आयोजना गर्न लागेको हो ।  सभाले कम्पनीले दुई आवको लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । आव २०७६/ ७७ को १० दशमलव ५२ प्रतिशत नगद लाभांश र आव २०७७/ ७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ  ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज ७ गते बुक क्लोज गरेसँगै असोज ६ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । त्यसैगरी एक्सेल डेभलपमेण्ट बैंकले बिहान ११ बजे सिद्धार्थ होटल झापामा सभा गर्ने जानकारी गराएको हो ।  सभाले १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यस्तै घोडीघोडा लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा होटल रुबस कैलालीमा बिहान ११ बजे सभा बोलाएको छ । सभाले यस घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । घोडीघोडाको १०० कित्ता शेयर बराबर युनिक नेपालको ५० कित्ता शेयर अनुपातमा मर्जर हुने प्रस्ताव पनि पारित गर्नेछ । घोडीघोडा लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्ममा सर्वसाधारणमा शेयर निष्कासन गरेको छैन । यी दुई कम्पनी बीच २०७७ कात्तिक २१ गते मर्ज सम्बन्धी सहमातिमा हस्ताक्षर भएको हो । घोडीघोडा लघुवित्त र  युनिक नेपाल लघुवित्त एक आपसमा मर्ज हुने सहमति भएसँगै २०७७ कात्तिक २३ गतेदेखि घोडीघोडा लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ ।

एक्सेल डेभलपमेण्ट बैंकको साधारण सभा असोज १६ गते

भदौ २३, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले असोज १६ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २२ गते साँझ बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुंगो लगाउनेछ ।  अघिल्लो आर्थिक वर्ष सम्मको वितरणयोग्य मुनाफाबाट कम्पनीले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पनि सभाले अन्तिम रुप दिनेछ ।  अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने प्रयोजनको लागि १४औं वार्षिक साधारण सभाले दिईएको अख्तियारीलाई निरन्तरता दिई मर्जर तथा प्राप्ति प्रयोजनमा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्ने कार्यक्रम तय भएको छ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म कारोबार भई नियमअनुसार शेयर नामसारी भई आएका शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।