चुनावको मुखैमा मुख्यमन्त्री योगी आदित्यनाथलाई धक्का, मन्त्रीले राजीनामा दिएर गरे पार्टी त्याग

भारतको उत्तर प्रदेश (यूपी) मा विधानसभा चुनाव नजिकिँदै गर्दा भारतीय जनता पार्टी (भाजपा) मुख्यमन्त्री योगी आदित्यनाथलाई धक्का लागेको छ । योगी नेतृत्वको सरकारमा मन्त्री रहेका दारासिंह चौहानले मन्त्री पदबाट राजीनामा दिँदै पार्टी नै परित्याग गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि समेत कतिपय विधायक र मन्त्रीले समेत पार्टी परित्याग गरेर समाजवादी पार्टीमा प्रवेश गरिसकेका छन् । यसअघि मंगलवार श्रममन्त्री स्वामीप्रसाद मौर्यले समेत राजीनामा दिएका थिए । उनीसँगै ४ अन्य विधायकले समेत पार्टी परित्याग गरेका छन् । उत्तर प्रदेशम...