भारतद्वारा निर्मित शैक्षिक भवनको उद्घाटन

सिन्धुलीमा भारतको अनुदान सहयोगमा निर्माण भएको सामुदायिक टेक्निकल इन्स्टिच्यूटको शैक्षिक भवन आज उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले संयुक्त रूपमा उद्घाटन गरेको राजदूतावासले जानकारी गराएको छ ।नेपाल–भारतको विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको चार करोड ४१ लाख रुपियाँको आर्थिक सहयोगमा सो भवनको निर्माण गरिएको हो । सो सामुदायिक टेक्निकल इन्स्टिच्यूटको स्थापना सन् २०१४ मा भएको थियो । प्राविधिक शिक्षा

सम्बन्धित सामग्री

गृहनगर वीरगञ्ज पुगेर वनमन्त्री यादवले गरे मन्दिर र विवाह भवनको उद्घाटन

वन तथा वातावरणमन्त्री प्रदीप यादवले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्मित मन्दिर र विवाह भवनको उद्घाटन गरेका छन् ।

पूर्वमन्त्री साहद्वारा दुई शिक्षालय भवनको उद्घाटन

रौतहटको मौलापुर र देवाही गोनाही नगरपालिका निर्मित विद्यालय भवन र क्याम्पस भवनको उद्घाटन गरेका हुन्।...

भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा नुवाकोट जिल्लाको विदुर नगरपालिकामा अवस्थित श्री त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले आज सो भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात् जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरिएको छ । कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता

भारतद्वारा निर्मित विद्यालय भवनको उद्घाटन

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तुको महाराजगन्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्मित दुई विद्यालय भवनको उद्घाटन गरिएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले बिहीबार शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय भवनको उद्घाटन गरेका हुन् । शिक्षा […] The post भारतद्वारा निर्मित विद्यालय भवनको उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक.

ताप्लेजुङमा भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

ताप्लेजुङ– भारतको अनुदान सहयोगमा ताप्लेजुङ्को सिनाममा निर्मित श्री सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको छ । सोमबार प्रतिनिधिसभाका सांसद योगेश भट्टराई र संविधानसभा सदस्य भुपेन्द्र थेवेले र भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्राले संयुक्त रूपमा विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे । समारोहमा जनप्रतिनिधि, स्थानीय अगुवा, शिक्षक/शिक्षिका, अभिभावक, छात्र/छात्रालगायतको उपस्थिति थियो । यो परियोजना भारत […]

महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन

भारत सरकारको आर्थिक सहयोगअन्तर्गत भोजपुरको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ।

तेनुवामा नव निर्मित वडा कार्यालय भवनको उद्घाटन

कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित तेनुवामा नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ।...

भारत सरकारको सहयोगमा निर्मित दुई विद्यायल भवनको उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाका दुई विद्यालयको भवनको उद्घाटन गरिएको छ। श्री मोती महिला संघ प्राथमिक विद्यालय र श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ भवनहरुको उद्घाटन गरिएको भारतीय राजदूतावासले...

जनकपुरधाम उपमहानगरपालिकाको नवनिर्मित भवनको उद्घाटन

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको नव निर्मित प्रशासनिक भवनको आज उद्घाटन गरिएको छ।साढे आठ करोडमा निर्माण गरिएको नव निर्मित भवनको नगरप्रमुख लालकिशोर साह तथा उपप्रमुख रिता कुमारी मिश्रले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन्।अहिले उपमहानगरपालिकाले विभिन्न छुट्टाछुट्टै भवनबाट सेवाहरु प्रदान गर्दै आएकोमा भवनको निर्माण पछि सबै प्रकारका सेवा एउटै भवनबाट प्राप्त हुने छन्।नयाँ भवनको निर्माण भएपछि सबै शाखाका कर्मचारीका लागि कोठा पुगेका छन्। सुविधा सम्पन्न नयाँ भवनको निर्माणले नगरपालिकाले प्रदान गर्द

ओलीले गरे सूचना प्रविधि भवनको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आज सूचना प्रविधि भवनको उद्घाटन गरेका छन्। कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा निर्मित भवनको बालुवाटारबाटै ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले बालुवाटारबाटै रोबोटयन्त्रको सहायताले भवनको रिवन काट्दै शीलास्तम्भ अनावरणसमेत गरेका छन् ।